स्याङ्जामा कलाकार कल्याणकारी कोष स्थापना हुँदै, कार्तिक ३० मा बृहत सांस्कृतिक कार्यक्रम ।
आँधीखोला खबर/वालिङ :
कलाकारहरुका बिभिन्न समस्यामा सहयोग गर्ने उद्देश्यका साथ स्याङ्जामा कलाकार कल्याणकारी कोष स्थापना हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी कोषका बारेमा जानकारी दिईएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले कलाकारहरुलाई परेका अप्ठ्यारामा कोष मार्फत सहयोग गर्ने अभियान अन्तरगत केन्द्र देखि जिल्ला तहमा कोष स्थापना गर्दै आईरहेको प्रतिष्ठानका केन्द्रीय सदस्य घनश्याम रिजालले बताउनुभयो ।
स्याङ्जामा समेत कोष स्थापनाका लागि स्थानीय पालिका तथा संघसंस्थाहरु, देश विदेशमा रहेका कलाकार तथा गैर कलाकारहरुले सहयोग गरिरहेको भन्दै १० लाखको कल्याणकारी कोषको औपचारिक घोषणा कार्तिक ३० गते गरिने बताउनुभयो ।
स्याङ्जाली कलाकारहरुको पीर मर्कामा कोष मार्फत आर्थिक सहयोग गर्ने रिजालको भनाई छ । कलाकारहरु कुनै दुर्घटना हुँदा, विरामी पर्दा, ठुलै रोग लागेर समस्यामा परेका बेला सानो भएपनि राहत प्रदान गर्न सकियोस भन्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष ऋषिराम डुम्रेले बताउनुभयो ।
स्याङ्जा जिल्लामा जन्मिएका धेरै कलाकारहरुले राष्ट्रिय स्तरमा ठुलै पहिचान बनाएका बेला जिल्लास्तरमा समेत कलाकार कल्याणकारी कोष स्थापना गर्नु निकै सकरात्मक पक्ष मानिएको छ । जिल्लास्थित कलाकर्मीहरुको अभिभावकत्वको भूमिकाका लागि पनि प्रतिष्ठानले अग्रज स्रष्टा सम्मान तथा कलाकार कल्याणकारी कोष स्थापना गर्न लागेको कोषाध्यक्ष विक्रम गुरुङले बताउनुभयो ।
कलाकार समाजका गहना हुन् भनेर स्वीकार गर्ने संघसंस्थाहरुबाट स्रष्टा सम्मान तथा कलाकार कल्याणकारी कोष जस्तो पवित्र कार्यमा अवस्य पनि सहयोग प्राप्तहुने प्रतिष्ठानले विश्वास लिएको छ ।
कार्तिक ३० गते नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालद्वारा वालिङमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बद्री पँगेनी, पुरुषोत्तम न्यौपाने, रमेश विजी, पशुपति शर्मा, प्रकाश सपुत, विष्णु खत्री, कुलेन्द्र विश्वकर्मा, घनश्याम रिजाल, रामजी खाँड, खुमन अधिकारी, चोलेन्द्र पौडेल, जीवन दाहल, राधिका हमाल, शर्मिला गुरुङ, दुर्गा गुरुङ, शिव हमाल, राजु गुरुङ, प्रिती आले, शङ्कर विरही गुरुङ, राजन कार्की,े सुजन लम्साल, चेतन गोतामे लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने कार्यक्रममा टीकट नलाग्ने पनि आयोजकले जनाएको छ ।
बिभिन्न उपसमितिहरु गठन गरी शसक्तरुपमा लागेको प्रतिष्ठानले यति धेरै राष्ट्रिय कलाकारहरुको जमघटमा गरिने भव्य र उल्लासमय साङ्गितिक कार्यक्रममा सर्वसाधारण सबैमा उपस्थितिका लागि आव्हान गरेको छ ।
प्रतिष्ठान स्याङ्जाका अध्यक्ष ऋषि डुम्रेको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा स्वागत प्रथाम उपाध्यक्ष नेत्र खड्काले र सञ्चालन सहसचिव कृष्ण पौडेलले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


