स्याङ्जा विग आईडलको मर्ज राउण्ड वालिङमा सम्पन्न ।

Syangja_marge_IDOL

नारायण विश्वकर्मा/स्याङ्जा :

स्याङ्जा विग आईडल, खुल्ला गायन तथा नृत्य प्रतियोगिता अन्तर्गत मर्ज राउण्ड वालिङमा सम्पन्नभएको छ । ‘स्याङ्जाको सान स्याङ्जाको पहिचान, नभ प्रतिभाहरुका लागि विशिष्ट स्थान’ भन्ने नारा सहितए.वि.सि.डी युवा क्लब वालिङ्ले विग आईडल आयोजना गरेको हो । सुपर मेगा अडिसन पार गरी आएका ७० जनाले मर्ज राउण्डमा प्रतिस्पर्धा गरेका थिए । आगामी राउण्डका लागि मर्ज राउण्डबाट ३९ जना छनोट भएको निर्णायक मण्डल प्रतिनिधि अस्मितारनपालले जानकारी दिनुभयो । स्याङ्जा विग आईडलका गायन तथा नृत्य तर्फका विजेताले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेक्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक आविद अलिले जानकारी दिनुभयो । उहाँका अनुारउपविजेताले २५–२५ हजार रुपैयाँ र सहायक उपविजेताले १०–१० हजार रुपैयाँ पुरस्कार पाउनेछन । अलिलेविजेता, उपविजेता र सहायक उपविजेतालाई सिल, मेडल र प्रमाण–पत्र दिएर पनि सम्मानगरिने बताउनुभयो । उहाँले गायन तर्फ उत्कृष्टलाई कभर गीत गाउने र नृत्य तर्फउत्कृष्टलाई म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने बताउनुभयो ।कार्यक्रममावालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाणले स्याङ्जा विग आईडल नभ प्रतिभाका लागि निक्कै राम्रो अवसर भएको भन्दै भरपुर सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले ए.वि.सि.डी युवा क्लबले कार्यक्रम संचालनको क्रममा थुप्रै ठक्कर खाएको भन्दै ठक्करबाटैवलियो संस्था बन्ने दावी गर्नुभयो । खाणलेआजका प्रतिभा भोलिका राष्ट्रिय कलाकार भएको भन्दै उच्च प्रगति र पुर्ण सफलताकोशुभकामना समेत दिनुभयो । ए.वि.सि.डीयवा क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक आविद अलिको सभापतित्वमा भएको स्याङ्जा विगआईडलको संचालन संचारकर्मी नारायण विश्वकर्माले गर्नुभएको थियो । ए.वि.सि.डी युवाक्लबका सल्लाहाकार तथा नेपाली कांग्रेसका क्षेत्रिय सचिव दामोदर लम्सालले सहभागी लाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP