सिन्धुपाल्चोक बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १७ पुग्यो

सिन्धुपाल्चाेक – दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ ।
त्यस्तै दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…