सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थले दियो १० अर्बको सहमति

बुटवल–पाल्पा सडकखण्डको बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निमार्णको काम अघि बढ्ने भएको छ। अर्थमन्त्रालयले उक्त सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड नबढ्ने गरी बहुवर्षिय ठेक्का दिन सहमति भएको हो।

आइतबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको अर्थ मन्त्रालय बजेट महाशाखाले जानकारी दिएको छ। सुरुङमार्ग डिजाइन र विल्ड मोडालिटीमा निमार्ण हुने भएको छ।

सुरुङमार्ग निर्माणका लागी योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड, २०७६ अनुसार डिजाइन, निमार्ण तथा सञ्चालन र मर्मतको लागि प्रविधिक सेवा समेतका लागि मध्यकालीन खर्च संरचनामा समावेश गरी बजेट विनियोजन गरेको हो।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP