सत्य साइ बाबाको ९४ औं जन्म जयन्ती स्याङजामा मनाइयो
भवानी अधिकारी/स्याङजा :
श्री सत्य साइ बाबा केन्द्र स्याङजाले बाबाको ९४ औं जन्म जयन्ती शनिवार मनाएको छ ।
हरेक बर्ष मंसिर ७ गतेका दिन पर्ने वावाको जन्म जयन्तीलाई स्याङजा साइ केन्द्रले बिबिध सामाजिक सेवामुलक कार्यक्रम गरी मनाउदै आएको छ ।
सो अवसरमा विहान नगर संकिर्तन सहित साई केन्द्रमा पुगेर साइ बाबा सम्बन्धी भजन, किर्तन, उहाका महिमा, योगदानका बारेमा प्रचबन भएको थियो । झण्डै ३ सय जना भक्तजनसहितले भजन किर्तन सहित बाबाको नाउमा केक काटेर जन्मजयन्ती मनाईएको अध्यक्ष दयाराम पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु राजकुमारी गुरुङ, रंगनाथ रेग्मी, दयाराम पराजुली, लक्ष्मी श्रेष्ठ, प्रकाश पौडेल लगायतले सत्य साई बावाका बारेमा प्रवचन दिनुभएको थियो ।
यसअघि साइराम केन्द्रले कारागारमा रहेका महिला बन्दीलाई, पुतलीबजार नगरपालिका ३ स्थित वहिरा बिद्यालयका बिद्यार्थी र युवाहरुलाई सहयोग गरेको केन्द्रका पूर्व अध्यक्ष राजकुमारी गुरुङले जानकारी दिनुभयो ।
यसैबीच, सोही अवसरमा सत्य साई केन्द्रको संचालक समितिको अध्यक्षमा प्रविणजंग अधिकारीलाई चयन गरेको छ ।
यसैगरी, समितिको उपाध्यक्षमा सुनिता श्रेष्ठ, शिक्षा संयोजकमा बिजय पालिखे, बाल विकास संयोजकमा सृजना श्रेष्ठ क्षेत्री, महिला संयोजकमा कल्पना श्रेष्ठ, आध्यामिक संयोजकमा दयाराम पराजुली, युवा संयोजकमा अन्जु श्रेष्ठ, क्षेत्रीय संयोजकमा राजकुमारी गुरुङ रमणी, सल्लाहकारमा रंगनाथ रेग्मी र लिसु अधिकारी निर्विरोध चयन हुनु भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


