सत्य साइ बाबाको ९४ औं जन्म जयन्ती स्याङजामा मनाइयो
भवानी अधिकारी/स्याङजा :
श्री सत्य साइ बाबा केन्द्र स्याङजाले बाबाको ९४ औं जन्म जयन्ती शनिवार मनाएको छ ।
हरेक बर्ष मंसिर ७ गतेका दिन पर्ने वावाको जन्म जयन्तीलाई स्याङजा साइ केन्द्रले बिबिध सामाजिक सेवामुलक कार्यक्रम गरी मनाउदै आएको छ ।
सो अवसरमा विहान नगर संकिर्तन सहित साई केन्द्रमा पुगेर साइ बाबा सम्बन्धी भजन, किर्तन, उहाका महिमा, योगदानका बारेमा प्रचबन भएको थियो । झण्डै ३ सय जना भक्तजनसहितले भजन किर्तन सहित बाबाको नाउमा केक काटेर जन्मजयन्ती मनाईएको अध्यक्ष दयाराम पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु राजकुमारी गुरुङ, रंगनाथ रेग्मी, दयाराम पराजुली, लक्ष्मी श्रेष्ठ, प्रकाश पौडेल लगायतले सत्य साई बावाका बारेमा प्रवचन दिनुभएको थियो ।
यसअघि साइराम केन्द्रले कारागारमा रहेका महिला बन्दीलाई, पुतलीबजार नगरपालिका ३ स्थित वहिरा बिद्यालयका बिद्यार्थी र युवाहरुलाई सहयोग गरेको केन्द्रका पूर्व अध्यक्ष राजकुमारी गुरुङले जानकारी दिनुभयो ।
यसैबीच, सोही अवसरमा सत्य साई केन्द्रको संचालक समितिको अध्यक्षमा प्रविणजंग अधिकारीलाई चयन गरेको छ ।
यसैगरी, समितिको उपाध्यक्षमा सुनिता श्रेष्ठ, शिक्षा संयोजकमा बिजय पालिखे, बाल विकास संयोजकमा सृजना श्रेष्ठ क्षेत्री, महिला संयोजकमा कल्पना श्रेष्ठ, आध्यामिक संयोजकमा दयाराम पराजुली, युवा संयोजकमा अन्जु श्रेष्ठ, क्षेत्रीय संयोजकमा राजकुमारी गुरुङ रमणी, सल्लाहकारमा रंगनाथ रेग्मी र लिसु अधिकारी निर्विरोध चयन हुनु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


