बृहत सांस्कृतिक कार्यक्रम : राष्ट्रिय स्तरका कलाकारहरु भोलि वालिङमा भेला हुदै ।

आँधीखोला खबर/वालिङ
स्याङ्जाको वालिङमा भोलि हुने बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रममा कलाकार कल्याणकारी कोषको समेत स्थापना गरिने आयोजकले जानकारी दिएको छ ।
वालिङ खेल मैदानमा हुने कार्यक्रममा बद्री पँगेनी, पुरुषोत्तम न्यौपाने, रमेश विजी, पशुपति शर्मा, प्रकाश सपुत, विष्णु खत्री, कुलेन्द्र विश्वकर्मा, घनश्याम रिजाल, रामजी खाँड, खुमन अधिकारी, चोलेन्द्र पौडेल, जीवन दाहल, राधिका हमाल, शर्मिला गुरुङ, दुर्गा गुरुङ, शिव हमाल, राजु गुरुङ, प्रिती आले, शङ्कर विरही गुरुङ, राजन कार्की,े सुजन लम्साल, चेतन गोतामे लगायतका कलाकारहरुको सहभागिता रहने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका अध्यक्ष ऋषि डुम्रेले जानकारी दिनुभयो ।
स्याङ्जाली कलाकारहरुको पीर मर्कामा कोष मार्फत आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गर्न लागिएको प्रतिष्ठानका केन्द्रीय सदस्य घनश्याम रिजालले बताउनुभयो ।
स्याङ्जामा समेत कोष स्थापनाका लागि स्थानीय पालिका तथा संघसंस्थाहरु, देश विदेशमा रहेका कलाकार तथा अन्य व्यक्तीहरुको सहयोगमा १० लाखको कल्याणकारी कोषको औपचारिक घोषणा शनिवार गरिने रिजालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको भुमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments Box
TOP