सन्दीप-जापानमा सम्पर्कविहिन,खोजिदिन परिवारको आग्रह ।

आँधीखोला खबर /जापान :
झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेका सन्दीप कोइरालालाई खोजीदिन उनको परिवारले अपील गरेको छ । २२ वर्षीय सन्दीप २०७२ /१२/२९ मा जापान आएको उनको परिवारले बताएको छ ।
सुरुमा कुरुमे जापानमा आएका उनी किताक्युस्युमा रहेको ओहारा जिदोस्या कलेजमा अध्ययनरत थिए । उनी ०७५ मंसिर १७ देखि परिवारको सम्पर्कमा नरहेको सन्दीपका पिता भूमिप्रसाद कोइराला र माता मनकला कोइरालाले जानकारी दिएका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका-१, खोलागाउँका सन्दीपलाई खोजी गर्न सघाउन एनआरएनए क्युसुका संयोजक देवराज उप्रेतीलाई परिवारले आग्रह गरेका छन् ।सन्दीपलाई देखे भेटेमा एनआरएनए क्युस्यु वा जापान प्रहरी कार्यालय वा उनका पिता भूमिप्रसादलाई ९८४६६०७१२४ जानकारी दिन सकिने संयोजक उप्रेतीले जानकारी दिए ।
संयोजक उप्रेतीले जापान प्रहरीसम्म सम्पर्कविहिन सन्दीपको जानकारी दिने बताए ।

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…