सहरकारीहरुले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेका छन् : दिपेन्द्र गैह्रे ।

दिपेन्द्र गैह्रे,
सचिव-
उपकार वचत तथा ऋण सहकारी संस्था लि. वालिङ :
उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ्को २७ औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन वुधवार शुरु भएको छ । यो जिल्लाको पूरानो र आर्थिक रुपमा सम्पन्न सहकारी हो । यो सहकारीले सर्वसाधारण जनताको रकम संरक्षण गर्न सघाएको छ । यो संस्थामा करिव ३ कार्यकाल सम्म सचिवको नेतृत्व सम्हालेका दिपेन्द्र गैह्रे शुरु देखिनै संस्थागत विकासमा जोड दिदै संस्थालाई हरतरहबाट सुरक्षित र सवल बनाउने कार्यमा लागीरहनु भएको छ । यो सहकारी विगतमा राष्ट्र« वैंकबाट बैंकिङ् कारोवार गर्न इजाजतपत्र प्राप्त सहकारी हो । यो सहकारीको आफ्नै सुविधा सम्पन्न भवन छ । व्यक्त्तिगत स्वार्थमा विशेष ध्यान केन्द्रित भएको भए सहकारीले यो सफलता प्राप्त गर्न सक्थेन् होला । विचविचमा यसमा समस्या नआएका पनी होइनन् तर कुशल नेतृत्व र सफल व्यवस्थापनले गर्दा यो उपकार सहकारी जिल्लामा मात्रै नभएर राष्ट्रिय स्तरमा समेत परिचित हुन पुगेको छ । उपकारको आसन्न २७ औंँ वार्षिक साधारण सभा, यसको महत्व र हालसम्मका गतिविधि सम्वन्धी विषयलाई लिएर पत्रकार अमृत अर्यालले उपकार संस्थाका सचिव दिपेन्द्र गैह्रे संग गरेको कुराकानीको सम्पादित अश…..
१. दिपेन्द्र जी आराम हुनुहुन्छ ? यो उपकार वचत तथा ऋण सहकारी संस्था लि. कस्तो खालको संस्था हो ?
धन्यवाद, नमस्कार । आरामै छु । यो नितान्त बचत तथा ऋणको कारोबार गर्ने सस्था हो । २०५० सालमा डिभीजन सहकारी कार्यालय स्याङजामा विधिवत रुपमा दर्ता गरी सानो पूंजीबाट कारोबार सुरु गरेको यस संस्थाले सफलतापूर्वक साढे दुई दशक पार गरीसकेको छ ।
२. सहकारीमा व्याजदरको सिमा छैन्, यस उपकारको हकमा कस्तो व्याजदर कायम छ ?
सीमा छ । भर्खरै राज्यले सिमा निर्धारण गरेको छ । कममा जतिभएपनि बढीमा १६ प्रतिशत भन्दा माथि हुनुहुदैन् । उपकार सहकारीको ब्याजदर समय सापेक्ष छ । यो सहकारी जनताको आर्थिक क्षमता अभिवृद्दिका लागि निरन्तर रुपमा लागिरहेको छ ।
३. यस उपकार सहकारीको लागत ( कस्ट अफ फन्ड ) र संचालन लागत ( अपरेटिङ कस्ट ) कस्तो छ ?
हाम्रो सहकारीका चार सेवा केन्द्र, एक सदस्य सम्पर्क कार्यलय र आफ्नै भवन समेत भएको समयानुकुल प्रविधिमा आधारीत भएको संस्था हो । कर्मचारी पनि सन्तुष्टी हुने गरि सेवा सुविधा दिइएकोले अन्य सहकारीको भन्दा बढी नै राम्रो छ । बचत तथा ऋणको कारोबार गर्ने संस्था भएका कारण हाम्रो मुख्य दायित्व शेयर सदस्यबाट प्राप्त शेयर पूंजी र निक्षेपको रुपमा प्राप्त रकमलाई सुरक्षित ठांउमा लगानी गर्दै त्यसबाट प्राप्त प्रतिफललाई संस्था र शेयर सदस्यको हकहित र सामाजिक, आर्थिक उन्नतीमा परिचालन गर्नु हो ।
४. वर्तमान अवस्थामा यस सहकारीका चुनौतीहरु के – के छन् ?
वर्तमान अवस्थामा विभिन्न उद्धेश्यले टोलटोलमा बचत तथा ऋण सहकारी सस्थाहरु गठन भई दर्ता भएको अवस्थामा भिन्न किसिमका कार्यक्रमहरु सदस्यहरुका माझ लैजान पर्ने, सदस्यको भावना बमोजिम काम गर्नु पर्ने भएकोले समग्रमा समाजमा विश्वस्निय तवरबाट वित्तिय प्रतिशत प्रदान गर्नुपर्ने, ब्याजदरमा सहुलियत दिनु पर्ने, समय मै लगानि गरिसक्नु पर्ने र धेरै भन्दा धेरै सदस्य केन्द्रित कार्यक्रम गर्नुे पर्ने आजको चुनौति हो । साथै दाहोरो सदस्यता पनि समस्याको रुपमा देखा परेको छ । यो संस्था शेयर सदस्यहरुको आर्थिक गतिविधिले प्रभाव पार्ने संस्था भएका कारण आर्थिक क्षमताको अभिबृद्धिका लागि अझै पनि शेयर पूंजीमा बृद्धि तथा निक्षेपमा बृद्धि हुनु आवश्यक छ ।
५. बैंकिङ क्षेत्रमा तरलता अभाव एउटा रोगजस्तै भएको छ । पक्कै पनि त्यसले सहकारीलाई पनि असर गर्छ नै । यस्तो अवस्थामा आफ्नो नाफा जोगाउन पनि सहकारीले व्याजदर वृद्धिकै सहारा लिन्छन्् । त्यसमा पनि उपकारको व्याजदर चर्को छ भन्दछन् नि ?
. गर्वकासाथ भन्नु पर्छ विगतमा यस संस्थामा जस्ता खालका विघ्नवाधा र अडचन आएपनि ब्याजदरमा परिवर्तन नगरीकनै हाम्रो साख जोगाउन सफल भयौ । प्रदेशमै यो एउटा त्यस्तो सहकारी हो जस्ले आफ्नो निक्षेप बढाउन ब्याजदरमा बृद्धि गर्नुपर्ने अवस्थामा गएका छैनौ । तरलताको खासै समस्या छैन । सदस्यहरुलाई खुसी पारेरै नाफा अथवा लाभांस वितरण गरेका छौ । विकास बैकं सरह नै हाम्रो ब्याजदार छ । संस्थाका शेयर सदस्यहरुले सामूहिक लगानीमा कुनै उद्योग, व्यावसाय, कृषि आदि गर्न चाहेमा त्यस्ता लगानीलाई प्राथमिकताका रुपमा लिईनेछ ।
६. अहिले त बैंकहरुमा नै महंगोमा ऋण प्रवाह भैरहेको हुन्छ । निक्षेप पनि महंगोमा नै तानिहेका छन् , महंगो ब्याजमा पैसा राख्न पाइने भएपछी सहकारीमा पैसा किन राख्ने भन्ने पनि आउला,पैसा नै नआए सहकारीहरुले कसरी ऋण प्रवाह गर्लान् । उपकारमा यस्तो अवस्था त आएको छैन् ?
हामी सदस्य केन्द्रित संस्था हौ । शेयर सदस्यहरुलाई खुसि पार्न सकेकाले हामीमाझ त्यस्ता समस्या छैनन् । फेरी कारोवारको आधारमा लाभाशं पाउने व्यवस्था गर्न लागिएको छ । जसले गर्दा बैंकंमा भन्दा बढि निक्षेपमा ब्याज र ऋण कारोवार गर्नेहरुलाई कारोवारको आधारमा ब्याज फिर्ता हुने हुदा ब्याजदर कम छ यसले गर्दा हाम्रोमा समस्या हुदैन् । हामी लोकप्रिय भएकै कारण संस्थाको अझै कार्यक्षेत्र विस्तारको लागि पहल गरेका छौं ।
७. उत्पादनशिल क्षेत्रमा काम गर्न खुलेका सहकारीहरु पछिल्लो समय बैंकिङ कारोबारमा (निक्षेप तान्न र कर्जा प्रवाह गर्न ) सिमित भए भन्ने आरोप छ, यो आरोपबाट उपकार पनि मुक्त हुन सकेन नि ?

हामी त नितान्त पैसाको कारोवार गर्ने सहकारी हो । सगंसगै सामाजिक उत्तरदायित्व बमोजिम सामाजिक कार्य गर्दै आइरहेका छौ । सदस्यहरुलाई पैसाको खाचो टार्न सक्नु बनाउनु नै हाम्रो सफलताहो । अन्य क्षेत्र हाम्रो प्राथमिकतामा पर्दैन् । विगतका अनुभवले हामिलाई उत्पादनशिल क्षेत्रमा काम गर्न अझ जिम्मेवार र उत्तरदायी हुन अभिप्रेरित गरेको महशुष गरेका छौं ।
८. सहकारी कालोधन थुपार्ने ठाउँ हो भन्न थालिएको छ , वास्तविकता के हो ?
त्यस्तो होईन् । सहकारी क्षेत्रलाई राज्यले एउटा प्रमुख आर्थिक स्तम्भको रुपमा स्वीकार गरेको छ । कहि कतै केहि समस्या छन् । हाम्रो ठाउँमा त्यस्तो समस्या छैन । सहकारीमा कालोधन थुपार्नेहरुलाई कानुनले नै कारवाही गरी समाधान गर्छ ।
९. विपन्न जनतालाई उपकार सहकारीले के दियो ?
देखाउने गरि भन्न सकिने अवस्था छैन । तै पनि यसका कार्यक्षेत्र भित्र अन्य बैंकंहरुले धितो समेत राख्न नसक्ने अवस्थामा हामीले ढुक्कका साथ कारोवार गरिरहेका छौ । यो सहकारीले गरिबी न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेलीरहेको छ ।
१०. अन्त्यमा आँधीखोला खबर डटकम मार्फत आम नागरीकलाई के भन्न चाहानुहुन्छ ?
यस संस्थामा प्रवेश गरेपश्चात एक कार्यकाल लेखासमिति, एक कार्यकाल शिक्षा समिति, एक कार्यकाल सञ्चालक समिति सदस्य हुदै तिनकार्यकाल सचिव पदमा रहि संस्थालाई समाजमा स्थापित गराउन थोरै भएपनि भुमिका खेल्ने अवसर प्रदान गरिदिनुभयो । यस संस्थाको २७ औं साधारण सभा तथा ८ औं अधिवेशन हुदैछ । नयाँ संरचना बमोजिम नयाँ नेतृत्व आउनेछ । आशा छ सर्वसम्मत रुपमा समिति चयन हुनेछ । सस्ंथालाई अगाढी बढाउने टिम शेयर सदस्यहरुले छान्नुहुने छ र यस क्षेत्रमा उपकार सबैको उपकार बन्न सफल हुनेछ । जादाजादैं जनचेतना, महिला सशक्तिकरण जस्ता कार्यमा यस सहकारीको योगदान उल्लेख्य रहेको स्मरण गराउन चाहन्छु । अन्त्यमा मेरा केहि भनाई राख्ने अवसर दिनुभएकोमा तपाई र तपाईको पत्रिकालाई हार्दिक आभार व्याक्त गर्न चाहन्छु ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…