गल्याङ नगरपालिकामा कच्ची सडक निर्माण तिब्र ।
आँधीखोला खबर/गल्याङ :
गल्याङ नगर कच्ची सडक निमार्ण कार्यलाई तिब्र पारिएको छ । नगरपालिकाका तीन वटा डोजरले दैनिक रुपमा सडक निर्माणको काम गरिरहेका हुन् । नगरपालिका भित्र कामदारहरुको प्रयोग गरी सडक निर्माण गर्ने तथा आवश्यक परेका ठाउँमा पर्खाल उठाउने काम समेत भइरहेको छ । धेरैजसो ग्रामिण क्षेत्रले भरिएको नगरपालिकामा ग्रामिण कच्ची बाटो निर्माणको काम भैरहेको हो ।
गल्याङ नगरपालिकाको मुख्य बजारबाट तुलसीभञ्ज्याङ, बज्रे, तिन्दोवाटे हुँदै साङ्लिया जोड्ने कच्ची बाटो बस सञ्चालनका लागि अन्तिम अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ । केन्द्र सरकारबाट प्राप्त एक करोड रुपैयाँ बजेट बाट अहिले बजार जोड्ने मुख्य भागमा फराकिलो बनाउने काम भैरहेको छ । केन्द्रीय बजेट भएपनि नगरपालिकालाई नै कामको जिम्मेवारी दिइएकाले बाटो चौडा गराउने काम भइरहेको नगरपालिकाका इन्जिनियर गणेश पौडेलले बताउनुभयो । यस्तै, गल्याङको तल्लो बजारबाट चोक हुँदै पिडिखोला सेतीवेणी जोड्ने सडकको काम पनि भैरहेको नगरपालिकाले जनाएको छ । यसैगरी गुठी क्षेत्र, करादी – तिन्दोवाटे पकवादी सडकको स्तर उन्नतीको काम पनि भैरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आफ्नै डोजरका लागि तेल खरिद गरि बाटो निर्माणको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘आलोपालो सबै ठाउँमा आवश्यकता हेरेर बाटो निर्माणको काम भैरहेको छ ।’
यसैबीच बुटवल पोखरा जोड्ने सिद्वार्थ राजमार्ग साँघुरो तथा घुम्तीहरु भएपनि नगरपालिकाले भने ग्रामिण सडकलाई मात्रै जोड दिएको छ । यसबारे नगरप्रमख भुपराज अधिकारी भन्नुहुन्छ –‘ग्रामिण क्षेत्रमा अझै बाटोको स्तर बढाउन सकिएको छैन, त्यसैले गाउँमा जोड दिइएको हो ।’ उहाँका अनुसार सिद्वार्थ राजमार्गको स्तर उन्नती गर्ने काम सडक विभागको हो । यसका लागि केन्द्रीय सरकारले ध्यान दिनुपर्ने नगरप्रमुख अधिकारीको भनाई छ । ‘नगरपालिकाको आफ्नै कार्यालय भवन निर्माण लगायतका भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था आएको र बजेट थोरै भएकाले हामीले सिद्वार्थ राजमार्गमा लगानी गर्न असमर्थ छौं ।’ नगरप्रमुख अधिकारीले भन्नुभयो । नगरपालिका अन्तर्गत झण्डै २५ किलोमिटर सिद्वार्थ राजमार्ग पर्दछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


