सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री
चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
क्रिकेटर तेन्दुलकरले भेटको खबर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत सार्वजनिक गरेका हुन् । उनले सचिनलाई भेट दिएको तस्वीर पनि सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘प्रसिद्ध क्रिकेट खेलाडी र युनिसेफको सद्भावना दूतसँगको भेटले खुशी लागेको’ उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालमा गरेका प्रयासको सराहना पनि गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन सचिन तेन्दुलकर नेपाल आएका हुन् । युनिसेफका दक्षिण एसिया सद्भाव दूत सचिनलाई बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागि हुन युनिसेफले नेपाल बोलाएको हो ।
शुक्रबार अबेर नेपाल आएका सचिनले शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट पनि खेलेका थिए ।
आइतबार बिहानै उनले पशुपतिनाथको दर्शन पनि गरे ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


