रेडियो आँधीखोलाको १ ३औँ वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम, जनप्रतिनिधिबीच परिसंवाद

आँधीखोला खबर/वालिङ :
रेडियो आँधीखोला १०५.४ मेगाहर्जले आफ्नो १३ औँ वर्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । यही मंसिर ६ गते १२ वर्ष पुरा गरी १३ औँ वर्षमा प्रवेश गरेको शुभअवसरमा रेडियाले ३ दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको हो । मंसिर ५ गते रेडियो प्रांगणमा सरसफाई, ६ गते रेडियो प्रांगणमा पूजापाठ र ७ गते स्याङ्जाका पालिकाका जनप्रतिनिधिहरुबीच समसामयिक विषयमा परिसंवाद गर्ने निर्णय गरिएको रेडियोका प्रबन्धक तोलकान्त बलालेले बताउनुभयो ।
रेडियोले स्याङ्जा जिल्लामै पहिलो सञ्चार माध्यमको रुपमा २०६४ साल मंसिर ६ गतेदेखि अहिलेसम्म निरन्तर समाजलाई सञ्चारको माध्यमबाट सुसूचित गराँउदै आईरहेको रेडियो सञ्चालक समितिका अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले बताउनुभयो । अध्यक्ष पंगेनीले भन्नुभयो, “२०६२÷०६३ को जनआन्दोलन पश्चात जिल्लाका केहि साथीहरु मिलेर स्याङ्जामा समेत सञ्चार माध्यमको खाँचो छ भन्ने महशुस गरी ०६४ मंसिर ६ गतेबाट १०५.४ मेगाहर्ज फ्रिक्वेन्सीमा परिक्षण प्रशारण शुरु गरेका थियौँ ।” परिर्वतित समयअनुसार आजभोलि सञ्चारका विभिन्न माध्यमहरु भित्रिएपनि रेडियोले विगत १२ वर्षदेखि यहाँका स्थानीय गतिविधिहरुलाई प्राथामिकता दिँदै आईरहेको अध्यक्ष पंगेनीको भनाई छ । रेडियाले ज्ञान, सूचना र मनोरञ्जनका क्षेत्रमा समाजलाई सुसूचित गराउँदै आएको छ । प्रदेश नं. ४ र ५ का १८ जिल्लामा सुन्न सकिने रेडियो अहिले ५०० वार्टबाट १८ घण्टा प्रसारणमा छ । त्यस्तै अनलाईनमा धधध।चबमष्यबबलमजष्पजयबि।यचन मा समेत लगईन गरेर सुन्न सकिन्छ भने उक्त साईटमा स्थानीय समाचारहरु समेत हेर्न र पढ्न सकिन्छ । स्याङ्जाको मध्यभाग वालिङ नगरपालिका ८ घ्याङलिङमा रेडियोको स्टुडियो रहेको छ ।

Facebook Comments Box
TOP