रामपुर उद्योग वाणिज्य संघको पाँचाैं साधारणसभा सम्पन्न ।

सीता डोटेल/पाल्पा : आगामी ३ बर्षे रणनैतिक कार्ययोजना पारित गर्दै रामपुर उद्योग वाणिज्य संघको पाचौं वार्षिक साधारण सभा सकिएको छ । साधारण सभाको उद्घाटन गर्नुहुदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कृषि, पर्यटन र युवा स्वरोजगारबाट समृद्ध नगर बनाउन नगरपालिकाले निजी क्षेत्र उद्योग वाणिज्य संघ मिलेर काम गरिरहेको बताउनुभएको छ ।

नेपाल सरकारको निति अनुसार रामपुर ७ विरेनटारको ४१ रोपनी क्षेत्रफल लाई औधोगिक ग्रामको रुपमा अगाडी बढाएको उहाँले बताउनुयभो । उद्योग निर्माणका लागि बिरेनटारमा औधोगिक ग्राम निर्णय भएर आएको बताउदै उहाँँले ३ अर्ब डिपिआर तयार गर्न समेत रकम आएको बताउनुभयो । यहीको उत्पादनमा जोड नभईकन आर्थिक विकास सम्भव नहुने भन्दै नगर प्रमुख थापाले विभिन्न तवरबाट युवा, उद्योगी, व्यवसायीलार्ई प्रोत्साहन गरिएकोले लगनशील भएर काम गर्न आग्रह गर्नुभयो ।

उत्पादन क्षेत्र रामपुरमा यही तरकारी जन्य उत्पादनलाई जोड दिएकाले केही महिनाभित्र बाहिरका तरकारी बस्तु आयातमा रोक लगाउने गरि नगरपालिका अगाडी बढेको उहाँको भनाई थियो । नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले कर्मठ भएर काम गरे पैसा कमाउन गाह्राे नभएको बताउदै सबै व्यवसायीको हितका लागि संघ र नगरपालिकाका सहकार्य गरिरहेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले उत्पादन र उत्पादकत्व बृद्धि नभइ बाहिरबाट आयात नरोकिने भन्दै उद्योग वाणिज्य संघले यहीको उत्पादनको क्षेत्रमा लगानी र प्राथमिकता दिन आग्रह गर्नुभयो ।

सोही अबसरमा उद्योग वाणिज्य संघका सल्लाहाकारहरु राजु प्रसाद श्रेष्ठ, हुमनाथ न्यौपाने, फणेश्वर गौतम, राजेन्द्र प्रसाद लम्साल, रामपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिनेश कुमार खनाल, सामुदायिक बन महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, रामतुलसी मा. बि.का प्र.अ.बालकृष्ण लम्साल, रामपुर बचत तथा क्रृण सहकारीका उपाध्यक्ष नगिलाल पौडेल, उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दोबराज तिवारी, आमन्त्रित सदस्य सागर प्रसाद देवकोटा, पत्रकार सीता डोटेलले बोल्दै जिल्लाको व्यापारिक रामपुरमा फस्टाएको उद्योग वाणिज्य संघले समग्र रामपुर क्षेत्रको विकासमा हिस्सेदारी लिएर सबै व्यवसायीलाई संगठित गर्दै अर्थतन्त्रको विकासमा लाग्न प्रेरित गर्नुभएको थियो ।

पत्रकार इमानसिं रानलाई संघले सम्मान गरेको छ । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघको प्रगति प्रतिवेदन साथै भावी कार्ययोजनाबारे जानकारी दिदै उद्योग व्यापार र पर्यटन प्रर्बद्धनमा लाग्ने बताउनुभयो । उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईको स्वागत तथा उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको धन्यवाद ज्ञापन तथा अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

संघको बन्द सत्रले रामपुर उद्योग वाणिज्य संघको २०७५–०७८ को १८ बुँदे ३ बर्षे रणनैतिक कार्ययोजना पारित गरेको छ । साथै स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गर्दै काम गर्ने, आगामी २०७७ सालमा तेस्रो रामपुर महोत्सव गर्ने लगायतका कार्यक्रम साधारण सभाले पास गरेको छ । सभाले संस्थाको लेखापरिक्षणमा तुल बहादुर थापालाई नियुक्ति गरेको छ ।

संघका कोषाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको १ करोड ३४ लाख २० हजारको अनुमानित बजेट, मानव स्रोत व्यवस्थापन कार्यविधि ०७६ पास गर्नुका साथै व्यवसायी हितकोष सञ्चालन नियमावली २०७२ लाई संशोधन गरेको छ ।

Facebook Comments Box
TOP