रामनादीधाम मन्दिर र गुरुकुललाई ज्याेतिषी न्याैपाने र पाण्डेद्धारा सहयोग हस्तान्तरण ।
हरिबोधनी एकादशीको अवसरमा स्याङ्जा र पाल्पाको संगमस्थल गल्याङ नगरपालिका वडा नं १ रामनदीधाममा बुटवल ट्राफिकचोक दुर्गामंदिर निवासी ज्यो जनार्दन न्यौपाने र सुरज पाण्डेले पोशाक,घन्टी र आर्थिक सहयोग गर्नुभएको छ ।
सुरज पाण्डेद्वारा १ थान आधुनिक इलेक्ट्रोनिक घन्टीको साथमा श्री रामनादीधाम संस्कृत गुरुकुलको लागि पचास हजार एक रुपिया र ज्यो जनार्दन न्योपानेले गुरुकुलका सम्पूर्ण बटुक र शिक्षकहरुको लागि जाडोमा लगाउने पोशाक हस्तान्तरण गर्नुभएको छ ।
हयोग हस्तान्तरण कार्यक्रममा बोल्दै न्यौपानेले आफू केहि दिन अघि धाममा आउदा सन्ध्याकालमा गरिने गंगाको आरतीको समयमा सहभागी हुदा बटुकहरुलाई न्यानो पोशाकको आवश्यकता महसुस गरेकोले सम्पूर्ण बटुक र शिक्षकलाई ट्रयाकसुट हस्तान्तरण गरेकों जानकारी गराउनुभयो ।
अर्का सहयोग दाता पाण्डेले राष्ट्रगुरु योगी नरहरीनाथसंग वाल्यकालमा केहि समय बिताएको र योगिजीलेनै कोटीहोम गरेको ठाउ र निर्माण गरेको मन्दिरमा सहयोग गर्न पाउदा आफूलाई अत्यन्त खुसि लागेको बताउनुभयो ।

साथै उहाले आफूले पनि सानोमा संस्कृत विद्यापीठमा अध्ययन गरेको र यस गुरुकुललाई पनि सहयोग गर्न पाउदा झनै खुसि लागेको व्यक्त गर्नुभयो ।
स्थायी घर स्याङ्जा भएका सामाजिक एवम् धार्मिक अभियन्ता न्यौपाने नेपाल ज्योतिष परिषद् प्रदेश नम्वर ५ को अध्यक्षको साथै एकदशकदेखि बुटवलमा संचालित लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालि र लुम्बिनी पूजासामग्री भण्डारको संचालक हुनुहुन्छ भने पाण्डे नर्थ हाइड्रोका संचालक एवम् युवा उद्धमी हुनहुन्छ ।
रामनदी धामका अध्यक्ष कौशिक महाराजको सभापतित्व,दिपक गैरेको संचालनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ज्यो,जनार्दन न्यौपाने,विशिष्ठ अतिथि योगाचार्य कमल पोड्याल,अतिथिहरु,इन्जिनियार सुरज पाण्डे,प्राचार्य कृष्ण प्रसाद बस्याल, गुरुकुलका व्यवस्थापन प्रमुख बिष्णु देवानन्द सरस्वति महाराज लगायतले बोल्नुभएको नागरिक आवाज अनलाईन्मा समाचार छ
नेपालकै ऐतिहासिक,प्राचिन एवम् प्रसिद्द तीर्थको रुपमा चिनिने राम्दीमा सिद्द गुफा, शिवालय,राधाकृष्णको मन्दिर,गौशाला,संस्कृत गुरुकुल छन् ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


