पुतलीबजारले गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की,जेष्ठलाई घरघरमा स्वास्थ्य उपचार ।
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिकाले गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की, जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार र अपांग परिचयपत्र बितरण गर्ने भएको छ ।
नगरपालिकामा बुधवार आयोजित कार्यक्रममा नगरप्रमुख सीमा क्षेत्रीले सो को जानकारी गराउनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख क्षेत्रीले भौतिक पूर्वाधार मात्र विकास नभई स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग पु¥याउनु झनै ठूलो विकास भएको बताउनुभयो । ‘बच्चा आमा बाबाको मात्र सम्पती होइन, राष्ट्र र अन्र्तराष्ट्रिय जगतसम्म उसको प्रभाव र योगदान जोडिन्छ । त्यसैले स्वस्थ्य वच्चा जन्माउन सहयोग पुरयाउन क्याल्सीयम चक्की वितरणको कार्य सुरु गरेका हौं ’ उहाले भन्नुभयो ।
मंसीर महिनादेखि गर्भवती महिलालाई निशुल्क क्याल्सीयम बितरण गर्ने बताउनुभयो । गर्भवती महिलालाई क्याल्सीयम चक्की अत्यावश्यक पर्ने र महिलाले मात्र उपयोग गर्न सक्ने हुदा बितरण गर्न लागेको हो । गर्भ रहेको चौथो महिनादेखि शिशुजन्मेको ४५ दिनसम्म पुग्नेगरी क्याल्सीयम चक्की बितरण गरिने भएको हो ।
यसैगरी, पुस महिनादेखि घर घरमा, टोल टोलमा पुगेर जेष्ठ नागरिक सेवा प्रदान गर्ने प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । साथै, अपांग परिचयपत्र पनि नगरपालिकाले दिने ब्यवस्था मिलाएको छ । बिभिन्न १० प्रकारका अपांगता मध्ये नगरपालिकाले रातो, निलो, पहेंलो र सेतो रंगको अपांगता परिचयपत्र दिने भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले अपांगता परिचयपत्र सम्बन्धी, पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णु काफलेले गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की वितरण कार्यक्रम २०७६ सम्बन्धी, डा. सुनिल ढुंगानाले क्याल्सीयमका फाइदा र आवश्यकताका बारेमा र पब्लिक हेल्थ नर्स सुषमा सेनले गर्भवती जाँच सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सामाजिक विकास कार्यक्रम संयोजक एवं वडा अध्यक्ष शेषराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख दयाराम गौतमले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख बिष्णु काफलेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


