प्रांगारिक कृषि उत्पादन प्रमाणिकरण समितिको संयोजकमा भीरकोट नगर प्रमुख खनाल चयन ।

भवानी अधिकारी/स्याङजा :
स्याङजामा प्रांगारिक कृषि उत्पादन प्रमाणिकरण सम्बन्धी जिल्ला स्तरीय समिति (पीजी एस) गठन भएको छ । वाङसिङ स्थित पर्यटकीय केन्द्र भन्ज्याङमा आयोजित कार्यक्रममा भएको भेलाले सो समिति गठन गरेको हो ।
सरोकारवालाहरुको समूह सहभागी रही आधीखोला गाउपालिकामा संचालित प्रांगारिक उन्मुख तरकारी खेतीको स्थलगत अनुगमन तथा निरीक्षणपश्चात समिति गठन गरिएको हो । भीरकोट नगरप्रमुख छायाराम खनालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । समितिको सहसंयोजकमा आँधीखोला गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेल रहनु भएको छ । यसैगरी, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख वा प्रतिनिधी, आपसी सहयोग केन्द्रका कार्यकारी निर्देशक हरिप्रसाद ढकाल, प्राबिधिक अधिकृत रविन पौडेल, कार्यक्रम संयोजक यदु प्रसाद पौडेल सदस्य रहनेगरी समिति बनेको हो ।
कार्यक्रममा भीरकोट प्रमुख छायाराम खनाल, आधीखोला अध्यक्ष सुधिरकुमार पौडेल, भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख विश्वनाथ गौतम, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल, आपसी सहयोग केन्द्रका कार्यकारी निर्देशक हरिप्रसाद ढकाल लगायतले स्वस्थ्यकर जीवन जीउने यस्ता अभियानलाई अन्य पालिकामा समेत बिस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
आपसी सहयोग केन्द्र स्याङजा नेपाल र त्रिकुण डेनमार्कको साझेदारीमा गतबर्षको कात्तिक महिनादेखि आधीखोला गाउँपालिकाको साविकका गाविस फापरथुम र बाङसिङ र भीरकोट नगरपालिकाको साविकको ढापुकशिमलभन्ज्याङमा प्रांगारिक उन्मुख तरकारी उत्पादन गरिदै आएको छ । बाङसिङमा २३४, फापरथुममा २१४, ढापुकमा १९७ कृषक घरधुरीलाई प्रांगारिक उन्मुख तरकारी उत्पादन गर्नका लागि बिभिन्न तालिम, वीउ र प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ ।
आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक हरिप्रसाद ढकाल र प्राबिधिक अधिकृत रविन पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box
TOP