पोखरामा सम्पन्न टि १० क्रिकेट प्रतियोगितामा स्याङ्जा उपविजेता ।
शिव खनाल :
पोखरामा सम्पन्न म्याट्रिक्स एरिना दोस्रो टि—१० क्रिकेट प्रतियोगिताको उपाधी शुभतारा क्रीकेट क्लबले हात पारेको छ । स्याङ्जा क्रीकेट क्लब भने उपबिजेतामा चित्त बुझाएको छ ।
शुभतारा क्रिकेट एकेडेमी र स्याङ्जा क्रिकेट क्लब बीचमा फाईनल खेलमा स्याङ्जा क्रिकेट क्लब १२ रनले पराजित भएको हो ।
खेलमा पहिले व्याटिङ् गरेको शुभताराले निर्धारित १० ओभरमा ६० रन बनाएको थियो । उसका लागि राम नाथ यादवले १४ बलमा २६ रन र स्पाक आलमले ११ बलमा ११ रन जोडे भने अरु खेलाडी जम्न सकेनन ।

बलिङ तर्फ स्याङ्जाका निरज खनालले २ ओभरमा १६ रन खर्चंदै १ विकेट हात पारे । त्यसै गरि ईश्वरी खनालले खनालले २ ओभरमा १० रन दिदै २ विकेट हात पारे । ब्याटिङ तर्फ स्याङ्जाका बिश्व थापा १० बलमा १६ रन बनाउन बाहेक स्याङ्जाको ब्याटिङ जम्न सकेन । बलिङ तर्फ २ ओभरमा १२ रन खर्चंदै ३ विकेट लिएका शुभताराका शुशान्त सिंह म्यान अफ द म्याच भए ।
शुभतारा क्रीकेट क्लबले प्रथम हुदै ७७ हजार ७ सय ७७ रुपैँया, कप, मेडल प्रमाणपत्र हात र्पााे । द्धितीय हुने स्याङ्जाले ४४ हजार ४ सय ४४ रुपैँया, कप, मेडल र प्रमाणपत्र पाएको हो ।
स्याङ्जा क्रीकेट क्लबका उपाध्यक्ष तथा क्यान स्याङ्जाका सचीव विक्रम तिवारीले आफुले स्याङ्जा जिल्ला भित्रका खेलाडी मात्रै समेटेको र स्याङ्जा जिल्लामा क्रीकेटको विकासको लागि प्रयासरत रहेको बताउनुभयो । क्यान स्याङ्जाका अध्यक्ष तथा स्याङ्जा क्रीकेट क्लबका अध्यक्ष दिवाकर थापाले टिटेन खेलमा स्याङ्जाका क्रीकेट प्रतिभाले गरेको प्रदर्शनीमा आफू सन्तुष्ट रहेको र जिल्लामा क्रीकेटको विकासको लागि थप प्रयास गरिने बताउनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


