स्याङ्जा:अवैध सालको काठ सहित ७५ वर्षीय बृद्ध पक्राउ ।

आँधीखोला खबर/स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ सहित ७५ बर्षीय बृद्धलाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका १३ सातुपसल बिसौनीका ७५ वर्षीय दानबहादुर बुढाथोकीलाई काठ सहित पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता, प्रहरी नायब उपरिक्षक
नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीले बुढाथोकीले स्थानीय तोयनारायण काफ्लेको खेतमा लुकाई छिपाई राखेको अवस्थामा १९ गोलिया सालको काठ बरामद गरेको हो ।
बुढाथोकीलाई नियन्त्रणमा लिई थप कानुनी प्रक्रिया अगाडि बढाईएको तथा सालको काठलाई डिभिजन वन कार्यालय स्याङ्जामा बुझाईएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…