स्याङ्जा:अवैध सालको काठ सहित ७५ वर्षीय बृद्ध पक्राउ ।
आँधीखोला खबर/स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ सहित ७५ बर्षीय बृद्धलाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका १३ सातुपसल बिसौनीका ७५ वर्षीय दानबहादुर बुढाथोकीलाई काठ सहित पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता, प्रहरी नायब उपरिक्षक
नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीले बुढाथोकीले स्थानीय तोयनारायण काफ्लेको खेतमा लुकाई छिपाई राखेको अवस्थामा १९ गोलिया सालको काठ बरामद गरेको हो ।
बुढाथोकीलाई नियन्त्रणमा लिई थप कानुनी प्रक्रिया अगाडि बढाईएको तथा सालको काठलाई डिभिजन वन कार्यालय स्याङ्जामा बुझाईएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


