पैगम्बर मोहम्मदको जन्मजयन्ती पारेर सरसफाई, गुरुकुलमा खाद्यान्न बितरण सहित पैदल र्याली
भवानी अधिकारी/स्याङ्जा :
इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैही वसल्लमको जन्मजयन्तीको अवसर पारेर मुस्लिम समुदायले शनिवार नगर सरसफाई, गुरुकुलमा खाद्यान्न बितरण एवं बृहत पैदल र्याली गरेका छन् ।
जन्मजयन्तीको अघिल्लो दिन प्रगतिनगर, स्याङजाबजार, वीपी चोक हुदै मुख्य बजारको सरसफाई गरिएको हो । मुस्लिम समुदायका मुस्लिम समाजले पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आधुनिक गुरुकुलमा खाद्यान्न सामाग्री समेत प्रदान गर्नुका साथैैे स्याङजा सदरमुकाममा बृहत शान्ति र्याली गरिएको छ ।
स्याङजा, बाड़खोला र गहते मदर्शाका बिध्यार्थी सहित मुस्लिम समुदायको उपस्थितिमा बाड़खोलाको मस्जिदबाट सुरु भइ पुतलीबजार नगर परिक्रमा गरी स्याङजा मस्जिदमा पुगेर सम्पन्न भएको थियो ।

पैगम्बरको स्मरण गर्दै मुस्लिम युवा युवती, बालबालिका बृद्धहरुले इस्लामिक एवं नेपालको राष्ट्रिय झण्डा फहराउदै नगरपरिक्रमा गर्नुभएको थियो ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका आइतवार २४ गते हो । मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९४ औं जन्म जयन्ती मनाइने भएको हो ।
अरबिक महिनाको तेस्रो महिना रब्बिउल औवल बुवा अब्दुल्लह र आमा आमिनाको कोखबाट साउदिको मक्का शरहमा जन्मनु भएको हो । पैगम्बर हज्रत मुहम्मद ५३ बर्षको उमेर सम्म उहाकै जन्मस्थल मक्का मै बस्नुभयो र त्यस पछि मक्का छोडेर मदिना (साउदी कै एक अर्को शहर) हिज्रत (प्रस्थान) गर्नु भएको थियो । मदिनामा १० बर्ष बस्नु भयो र ६३ बर्षको उमेरमा (जन्म भएकै दिन) मदिना शहर मा उहाको ओफात (निधन) भएको थियो । जहा अहिले मज्हर सरिफ छ ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाका उपदेश र वाणीको स्मरण गरि जन्मजयन्ती मनाईने मुस्लिम समाज स्याङ्जाका सचिव शाह मोहम्मदले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


