नेविसंघ नगर सभापति खाँणद्धारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

तोलाकान्त बगाले/वालिङ :
नेपाल विद्यार्थी संघ वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँणले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकूदका सामग्री वितरण गरेर मनाउनु भएको छ । विद्यार्थी नेता खाँणले आफ्नो २३ औं जन्मोत्सवका अवसरमा बुधबार वालिङ १ मा रहेको रामबाच्छा आधारभूत विद्यालयमा अध्ययनरत ३५ जना बालबालिकालाई शैक्षिक तथा खेलकूदका सामग्री वितरण गर्नु भएको थियो ।
“जन्मोत्सव मनाउने क्रममा हुने फजुल खर्चलाई कटौती गरी स–साना विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गर्न उपयुक्त ठानेँ” नेविसंघ नगर सभापति खाँणले भन्नुभयो “स–साना बालबालिकाको सिकाई क्रियाकलापमा उत्प्रेरणा जगाउने उद्धेश्यले शैक्षिक तथा खेलकूदका सामग्री प्रदान गरेको हुँ ।”


शैक्षिक तथा खेलकूद सामग्री वितरण समारोहमा बोल्नुहुँदै नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले जन्मोत्सव मनाउने क्रममा हुने गरेका फजुल खर्चलाई कटौती गरी कलिला बालबालिकाको शिक्षा प्राप्तिका लागि सहायक सामग्री प्रदान गरेकोमा खुसी ब्यक्त गर्नुहुँदै आगामी दिनमा पनि यसप्रकारका रचनात्मक र सराहनीय कार्यहरुलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका क्षेत्रीय अध्यक्ष डण्डपानी पंगेनी, वडा नं. १ का वडा सदस्य क्याप्टेन धनबहादुर गुरुङ, नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुब पंगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

रामबाच्छा आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेविसंघ नेता हरि रेग्मीले र स्वागत विद्यालयका प्रधानाध्यापक शान्ता अर्याल पौडेलले गर्नु भएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP