जन्मदिनको अवसरमा भीन्न क्षमता भएका व्यक्ती र बृद्धबृद्धालाई न्यानो कपडा बितरण ।
आँधीखोला खबर/स्याङ्जा :
महिला नेतृ जीवन अर्यालले आफ्नो छोरा निब्रांशूको जन्मदिन पारेर बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धा तथा फरक क्षमता भएकाहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
रामनदीधाम राम्दीमा रहेको बृद्धाश्रममा बस्दै आएका ११ जना बृद्धबृद्धाहरु र काठमाडौको रत्नपार्कमा रहेका ६ जना भिन्न क्षमता भएका ब्यक्तीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धालाई निब्रांशू आफैले न्यानो कपडा बितरण गर्दै उनीहरुको सन्चो बिसन्चो समेत सोध्नु भएको थियो ।

आफ्ना बुबा तथा समाजसेबी ढाकाराम अर्यालको प्रेरणा तथा श्रीमान् सुदिप बरालको सामाजिक कार्यको चाहना अनुशार उनीहरुलाई जाडोमा लगाउने कपडा बितरण गरिएको अर्यालले बताउनु भयो । उहाँले भन्नुभयो, “बाबु निब्रांशू पनि अरुलाई सहयोग गर्न भनेपछि निक्कै उत्साहित र खुसी हुन्छ । त्यसैले उसैको हातबाट कपडा बितरण गरिएको हो ।”
पछिल्लो समयमा रामनदीधाम राम्दीमा रहेको बृद्धाश्रममा बस्दै आएका बृद्धबृद्धाहरुलाई सहयोग गर्नेहरुको संख्या बढको आश्रमका प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


