नव आगन्तुक प्रजिअ कुरुम्वाङ आश्रममा संरक्षित बालबालिकाको साथमा ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा भर्खरै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ् आश्रममा संरक्षित बालबालिकाको समस्या बुझ्न अमोर सेवा आश्रम फेदीखोला पुग्नु भएको छ । प्रजिअ कुरुम्वाङले आश्रममा संरक्षित रहेका बालबालिकाको अवस्था तथा भईरहेका सहयोगका बारेमा जानकारी लिनु भएको आश्रमकी प्रमुख कमला पराजुलीले जानकारी दिनुभयो । उहाँले यस्ता उत्कृष्ट मानवीय कार्य प्रति सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो । एकल रुपमा पराजुलीको प्रयास निक्कै उदाहरणीय रहेको भन्दै प्रजिअ कुरुम्वाङले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
प्रजिअको स्वागत
सामुदायिक प्रहरी सेवा केन्द्र प्रगतीनगरले स्याङजामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई स्वागत एवं परिचयात्मक कार्यक्रम गरेको छ । सोही कार्यक्रममा केही महिनाअघि स्याङजा आउनुभएको आधीखोला गुल्मका मेजर हेमराज बिष्टलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ कुरम्वाङले हामी लोकतान्त्रिक गणतान्त्रिक मुलुकका कर्मचारी भएको बताउदेै सबैले आ आफना जिम्मेवारी निष्ठापूर्वक गर्नुपर्नेमा जोड दिदै कुरा भन्दा काम गरेर देखाउनु पर्ने बताउनुभयो । जिल्लाबासीको सकारात्मक सहयोग भएमा गाँउ गाँउ पुगेर घुम्ति शिविर संचालन गरि नागरिकका सेवा र भ्रष्टाचारको अन्त्य गर्दै जिल्लामा शुसासन कायम राख्ने आफनो लक्ष्य रहेको बताउनुभयो ।
सोही कार्यक्रममा आधीखोला ब्यारेकका मेजर हेमराज बिष्ट, सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष चित्रबहादुर मल्ल, उपाध्यक्ष बिष्णुप्रसाद गुरुङ, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, सामुदायिक रेडियो संचालक समिति सदस्य सूर्यप्रसाद दोरंगाा, जिल्ला अस्पताल संचालक समितिका अध्यक्ष लोकराज शर्मा लगायतले बोलेका थिए । सामुदायिक प्रहरी सेवा केन्द्र प्रगतीनगरका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव यज्ञप्रसाद पौडेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


