कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक ।

नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो।

नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए। उनले भने, डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं। यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए। नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए।

सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए। उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गरे।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए। उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए। उनले भने, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP