इङ्ग्ल्याण्डको मेरिलेबोनमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा एमसीसीले दिएको २०२ रनको विजय लक्ष्यलाई नेपालले ३७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै पवन सरार्फ ३८ रनमा अविजित रहे भने शरद भेषवाकर २४, दीपेन्द्र सिंह ऐरी २३, कप्तान ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे चार रन बनाएर पेभिलिएन फर्किए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको एमसीसी ३९ दशमवल दुई ओभरमा २०१ रनमा समेटिएको थियो । उसका लागि विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिएका थिए भने बिली गोडलम्यानले ५२ रन जोडनुबोहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र पवन सरार्फले समान चार विकेट लिए भने अभिनास बोहोरा र करण केसीले समान एक विकेट लिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


