इङ्ग्ल्याण्डको मेरिलेबोनमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा एमसीसीले दिएको २०२ रनको विजय लक्ष्यलाई नेपालले ३७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै पवन सरार्फ ३८ रनमा अविजित रहे भने शरद भेषवाकर २४, दीपेन्द्र सिंह ऐरी २३, कप्तान ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे चार रन बनाएर पेभिलिएन फर्किए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको एमसीसी ३९ दशमवल दुई ओभरमा २०१ रनमा समेटिएको थियो । उसका लागि विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिएका थिए भने बिली गोडलम्यानले ५२ रन जोडनुबोहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र पवन सरार्फले समान चार विकेट लिए भने अभिनास बोहोरा र करण केसीले समान एक विकेट लिए ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


