अतिक्रमित भूभाग सच्याउन माग गर्दै क्षत्री समाजले बुझायो ज्ञापनपत्र ।
भवानी अधिकारी/स्याङ्जा :
नेपाली भूमि भारतीय सरकारले आफनो सीमाभित्र पारेर नयाँ नक्सा जारी गरेपछि स्याङ्जामा क्षत्री समाजले आपत्ती जनाउदै तत्काल विवादित नक्सा सच्चाउनु पर्ने माग गर्दै बिहीवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
इतिहासदेखि नेपाल र भारत दुई छिमेकी मुलुक मात्र नभई एकअर्काबीच सुमधुर सम्बन्ध रहेको देश भएको जनाउदै तीनतर्फ भारतीय सीमा कायम छ । उत्तरतर्फ रहेको बिशाल मुलुक चीन र अन्यतर्फ भारतसंगको सीमामा कुनै तारवार नभई सीमा रेखा कायम भएको अवस्थामा नेपालर्को कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेकोमा क्षत्री समाजले बिरोध जनाएको ज्ञापन पत्रमा उल्लेख छ ।
क्षत्री समाजका अध्यक्ष भक्तबहादुर केसीद्धारा हस्ताक्षरित ज्ञापनपत्रममा सरकारले तत्कालै कुटनितिक पहल मार्फत भारतलाई तत्काल नक्सा सच्चाउनु दवाव दिन उल्लेख छ । नेपाल सरकारले बिज्ञप्ति जारी गरेर मात्र चुप लागेर बस्ने होइन कि आफनो भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तब्य हुने भन्ने संझेर सरकारले तत्काल काम गर्न आग्रह गरिएको छ ।

क्षत्री समाजका उपाध्यक्ष इन्द्रेणी अधिकारीले निमित्त प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेल ज्ञापनपत्र बुझाउदै भारतले ३ सय ७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भूभागलाई फिर्तागर्नेगरी नक्सा सच्चाउन माग छ ।
मुलुकको रक्षाका लागि क्षेत्री समाजको जायज माग रहेको बताउदै आफुलाई प्राप्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा सिंहदरवारमा प्रेषित गर्ने निमित्त प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


