भातृ संगठनहरु कांग्रेसको जग हुन: क्षेत्रीय सभापति खाँण ।
आँधीखोला खबर/चापाकोट :
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल चापाकोट नगर कार्य समिति स्याङ्जाको आयोजनामा चापाकोट नगरपालिका वडा नं १० कुवाकोट कान्छि बजारमा तरुण दलको भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष इश्वर खाँण देवबहादुरले नेपाली काँग्रेसको जग भनेको नै भातृ संगठनहरु भएको भन्दै त्यसलाई पार्टीले संरक्षण गर्ने जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेसको संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली काँग्रेस भित्रको गुट र उपगुटलाई मिलाएर अगाडि वढ्न सकेको खण्डमा अरु कुनै पनि शक्तिले नेपाली काँग्रेसलाई कमजोर बनाउन नसक्ने बताउनु भयो ।
कार्यक्रममा क्षेत्र नं २ ख का पार्टी सभापति हरि बावु पोखरेल,नेपाल तरुण दल स्याङ्जा साविक क्षेत्र नं ३ का सभापति महेस भट्टराई, नेपाली काँग्रेस चापकोट नगर कार्य समितिका सभापति रामचन्द्र पंगेनी,नेपाल महलिा संघ साविक क्षेत्र नं ३का सभापति गायत्री आचार्य, नेपाली काँग्रेस जिल्ला सदस्य विक्रम सारु, सेखामका पूर्व पार्टी सभापति इन्द्र बहादुर शाही, साखरका पार्टी सभापति ज्ञानेश्वर बस्ताकोटी, भानु माविका प्रअ गीतानाथ खनाल लगाएतले बोल्नु भएको थियो ।
टुकराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य नेपाली काँग्रेस चापाकोट नगर कार्य समिति वडा नं १० का पार्टी सभापति भूवन भण्डारीले र कार्यक्रमको सञ्चालन कमल कौशलले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


