झुट्टा विवरण पेश गरी नागरिकता दिलाएका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा ।

वालिङ : झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही रु तीन लाख धरौटीमा रिहा भएका छन् ।
स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले रु तीन/तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
सर्वजित सुनारले कास्कीको पोखरा महानगरपालिका–३० बस्ने डिलबहादुर श्रेष्ठका ३३ वर्षीय छोरा शङ्कर श्रेष्ठलाई आफ्नो छोरा भएको झुट्टा विवरण पेश गरेको र तत्कालीन वडाध्यक्ष चेतनाथ पौडेलले सिफारिश गरेपछि २०६० माघ २० मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता दिएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…