भिन्न क्षमता भएकी ५१ बर्षीय हाईमायाले घरवाटै पाउनु भयो नागरिकता ।

आँधीखोला खबर/स्याङ्जा :
वालिङ नगरपालिका वाड नं ४ की हाईमाया गुरुङ भिन्न क्षमता भएकी महिला हुनुहुन्छ । उहाँ बोल्न र हिँडडुल गर्न सक्नुहुन्न । खाना खानदेखि शौचालय जानसम्म उहाँलाई सहयोगीको आवश्यकता पर्छ । आफ्नी आमाको साहारामा माझकोटमा रहेकी उहाँ आमाको मृत्यू पछि दाजुको साहारमा वालिङ नगरपालिका वाड नं १ रामवाच्छामा बस्दै आउनु भएको छ । ५१ वर्षको हुँदासम्म पनि नागरिकता नहुँदा उहाँ सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवाबाट बञ्चित भईरहनु भएको थियो ।
वुधवार उहाँकी दिदी टौमाया गुरुङले इलाका प्रशासन कार्यालय वालिङमा जानकारी गराएपछि तत्काल अधिकृत दामोदर शर्मा र वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी उहाँको घरमा पुगेर नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको टोली घरमै नागरिकता र्पुयाउन जाँदा उहाँ निक्कै खुशी देखिनुहुन्थ्यो । सबै कुरा बुझ्न सक्दिनन नागरिकता पाउदा उहाँको अनुहारमा एक प्रकारको खुसि महशुस भएको थियो ।
उहाँको नागरिकताका लागि ज्वाईले वडा कार्यालयवाट सिफारिस बनाएर इलाका प्रशासन कार्यालय लगेका थिए । कार्यालयमा उहाँको अवस्थाको वारेमा जानकारी गराएपछि इलाका प्रशासन कार्यालयवाट अधिकृत सहितको टोली उहाँ बसिरहेको घरमा नै पुगेर नागरिकता प्रदान गरेको हो ।

प्रशासकीय अधिकृत दामोदर शर्माले घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको बताउनु भयो । ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ नागरिकता वितरण गर्दै उहाँले भन्नुभयो, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिएका हौं।’
नागरिकता प्रदान गर्न पुगेकी वालिङ नगरपालिका उप प्रमुख कल्पना तिवारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले १० प्रकारका शारीरिक समस्या भएका व्यक्तिलाई अपाङ्गताको सूचीमा राखेको जानकारी दिदैं उनीहरुको सेवा सुविधामा स्थानीय तहले कुनै भेदभाव नगरीकन सुविधा प्रदान गरेको बताउनु भयो । उप प्रमुख तिवारीले हाईमायाको सामाजिक सुरक्षा भत्ता र अपाङ्ग परिचय पत्रका लागि नगरपालिकामा सम्पर्क गर्न हाईमायाकी दिदीलाई जानकारी गराउनु भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…