नागरिक निगरानी संस्थाले गर्योे १७ बुदें सदाचार संहिता पालनाको प्रतिवद्धता ।

भवानी अधिकारी/स्याङ्जा :
‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ भन्ने नारालाई आत्मसाथ गर्दै स्याङ्जामा गठित भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी संस्थाले १७ बुदें सदाचार संहिता बनाईं पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
निगरानी संस्थाका अध्यक्ष यादवराज शर्माले सदाचार संहिताका बारेमा जानकारी गराउनुभएको थियो । संहितालाई पूर्णपालना गर्ने पदाधिकारी एवं सदस्यले प्रतिवद्धता जनाएका छन् । एघार सदस्यीय समितिमा बिभिन्न पेशा र ब्यवसायमा आवद्ध ब्यक्तिहरु हुनुहुन्छ ।
स्याङ्जा सदरमुकाममा बिहीवार बसेको बैठकले कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न नहुने, कानून विपरित काम गर्न कसैलाई दवाव नदिने, संस्थामा प्राप्त उजुरीका गोपनियता कायम राख्ने, आफु आबद्ध संघ संस्थामा भ्रष्टाचारजन्य कार्य भएको जानकारी आएमा नियन्त्रण र न्यूनिकरण गर्ने, पदिय दुरुपयोग नगर्ने, नगदी जिन्सी उपहार नलिने, उदेश्य प्राप्तिमा भेदभाव एवं पूर्वाग्रही ब्यवहार नगर्ने, आमन्त्रित सभा, कार्यक्रम र बैठकमा उपस्थिती हुने लगायत रहेका छन् ।
यसैगरी, पक्ष विपक्षमा टिकाटिप्पणी नगर्ने, ब्यक्तिगत प्रयोजनमा सरकारी साधनको उपयोग नगर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समय समयमा उपलब्ध गराएका निर्देशन पालना गर्ने, आफु आवद्ध संघ संस्थाबाट बुझाउनु पर्ने कर, दण्ड, जरिवाना तोकिएकै समयमा बुझाउने लगायतका बुँदाहरु उल्लेख छन् ।

बैठकले बिभिन्न रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता संचारमाध्यमबाट सार्वजनिक हितका लागि अनियमिताका बिरुद्धका सन्देश प्रशारण गर्ने लगायतका निर्णय गरेको छ ।
नागरिक निगरानी संस्थाले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता भई स्थायी लेखा नंम्बर (पान) लिइसकेको छ । संस्थाले सरोकारवाला संघसंस्थाहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय स्याङ्जासंग समन्वय गर्दे बिबिध कार्यक्रम गरी जिल्लाको शुसासन कायम राख्न सहयोग पुरयाउने संस्थाका अध्यक्ष यादवराज शर्माले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…