जिल्ला मै पहिलो पटक मोबाईल अपरेटिङ सिस्टमबाट खानेपानी आयोजना सञ्चालन ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ७ ताप्केमा जिल्ला मै पहिलो मोबाईल मार्फत नियन्त्रण गर्न सकिने लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।
प्रदेश सरकार ,भौतिक पूर्बाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाको आर्थिक सहयोगमा योजना सम्पन्न भएको हो ।
पानीको समस्याले बषौं देखि समस्यामा रहेका १ सय ७० घरधुरीका झण्डै एघार सय जनता यसबाट प्रत्यक्ष लाभान्वीत भएका वडा अध्यक्ष पाण्डुकुमार थापाले जानकारी दिनुभयो । १ करोड ५१ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न भएको आयोजनामा प्रदेश सरकारबाट १ करोड १८ लाख र ३३ लाख १४ हजार बराबरको जनश्रमदान रहेको आयोजनाले जनाएको छ ।

खानेपानी तथा सरसफाई आयोजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश, संघ र स्थानीयतहको समन्वयमा मात्रै प्रगती हुनसक्ने बताउनु भयो । मन्त्री बस्नेतले २ बर्ष भित्र गण्डकी प्रदेशमा खानेपानीको आधारभुत समस्या समाधान गरिने जानकारी गराउनु भयो । उहाँले गण्डकी उज्यालो प्रदेशका रुपमा परिणत गराउन आफूहरु लागि परेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण लगायले बोलका थिए ।



समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


