करेन्ट लगाई माछा मार्ने सात जनालाई जनही तीन हजार जरीवाना
तोलाकान्त बगाले/वालिङ :
करेन्ट लगाएर माछा मार्नेक्रममा पक्राउ परेका सात जनालाई जनही तीन हजार जरीवाना गरिएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका २ स्थित सेतीखोलामा करेन्ट लगाई माछा मार्दै गरेको अवस्थामा प्रहरी चौकी फेदीखोलाबाट गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।
प्रवक्ता भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा स्याङ्जाको फेदीखोला गाउँपालिका २ बस्ने २४ वर्षीय लक्षिन गुरुङ, सोही स्थानका २४ वर्षीय सुरेश बानियाँ, ३३ वर्षीय अमित गुरङ, ५३ वर्षीय बीरबहादुर गुरुङ, २६ वर्षीय रुपेश गुरुङ, ३६ वर्षीय राजन गुरुङ, ३४ वर्षीय निमबहादुर गुरुङ रहेका छन् ।
गत बिहीबार राति ११ बजेको समयमा माछा मार्नेक्रममा पक्राउ परेकाहरुको साथबाट प्रहरीले १२ भोल्टको ब्याट्री एक थान, बाँस काठमाजडित तार दुई थान, निलो तुथो र जाली एक थान नियन्त्रणमा लिएको थियो ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


