मन्त्री अर्यालको उपस्थितीमा दश लाखको कलाकार कल्याणकारी कोषको घोषणा ।
आँधीखोला खबर/वालिङ :
नेपाल लोकदोहोरी प्रतिष्ठान स्याङ्जाले दश लाखको कलाकार कल्याणकारी कोषको घोषणा गरेको छ । शनिवार वालिङमा आयोजना गरिएको बृहत सांस्कृति कार्यक्रमका अवसरमा कोषको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा कुमारी अर्यालले गण्डकी लोक संस्कृतिमा बिबिधतायुक्त प्रदेश भएको बताउनु भयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको संस्कृति देशमा नै अग्र स्थानमा पर्दछ ।”

स्याङ्जा कलाकारहरु जन्माउने उर्बर भुमी भएको भन्दै मन्त्री अर्यालले स्याङ्जाका कलाकारहरु देशमा नै अग्र स्थानमा आउने धारणा राख्नुभयो । कलाकारहरुले समग्र समाज र देशलाई नै परिवर्तन गराउन सक्ने मन्त्री अर्यालको तर्क छ ।
कलाकारको हितका लागि स्थापना गरिएको कल्याणकारी कोषको लागि आफ्नो तर्फबाट पुर्ण सहयोग रहने मन्त्री अर्यालले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्री, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, नेत्र खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा कलाकारहरु पुरुषोत्तम न्यौपान, गोपाल जिटी लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा पुरुषोत्तम न्यौपाने, रमेश विजी, रामजी खाँड, शर्मिला गुरुङ, दुर्गा गुरुङ, शिव हमाल, राजु गुरुङ, घनश्याम रिजाल, प्रिती आले, शङ्कर विरही गुरुङ, राजन कार्की लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहेको थियो ।
प्रतिष्ठान स्याङ्जाका अध्यक्ष श्रषि डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन प्रतिष्ठानका केन्द्रिय सदस्य घनश्याम रिजालले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


