वालिङमा स्रष्टा सम्मान एवम् वृहत सांस्कृतिक कार्यक्रम हुँदै ।

टिकाराम अधिकारी / स्याङ्जा :
स्याङ्जाको वालिङमा आगामी कार्तिक ३० गते स्रष्टा सम्मान एवम् वृहत सांस्कृतिक कार्यक्रम हुनेभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले कलाकार कल्याणकारी कोष स्थापनार्थ स्रष्टा सम्मान एवम् वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
प्रतिष्ठानले आयोजना गरेको सल्लाहकार स्वागत तथा पदस्थापन कार्यक्रमका बेला यस्तो जानकारी गराएको हो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य घनश्याम रिजालले २०५८ सालमा स्थापित संस्था सोह्रवर्षे लक्का जवान भैसकेको हुँदा अव युवा जोशका साथ काम गर्नेबेला आएको र सोही अनुसार लाग्न आग्रह गर्नुभयो ।
शुरुका दिनमा केहि आरोह अवरोह पारगर्दै यहाँसम्म आइसकेको र अब प्रतिष्ठानले द्रुतगतिमा काम गर्ने विश्वास व्यक्त गर्दै कलाकार कल्याणकारी कोष स्थापनार्थ कार्यक्रम गर्नु निक्कै राम्रो भएको बताउनु भयो ।
केन्द्रीय सदस्य रिजालले स्याङ्जाली कलाकारहरुको दुःखमा हेर्ने कुनैपनि निकाय नभैरहेको अवस्थामा लोक संस्कृतिको संरक्षण सम्बद्र्धन तथा प्रवद्र्धनमा लागेको प्रतिष्ठान स्याङ्जाले कल्याणकारी कोष स्थापना गरी कलाकार सहयोग गर्ने योजना बनाएकाले जिल्लास्थित बिभिन्न संघसंस्था तथा उद्योगी व्यवसायीहरुले आ—आप्mनो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य रिजालले कलाकार समाजका गहना हुन् भनेर स्वीकार गर्ने संघसंस्थाहरुबाट कलाकार कल्याणकारी कोष जस्तो पवित्र कार्यमा अवस्य पनि सहयोग प्राप्तहुने विश्वास व्यक्त गर्नुभएको छ ।
१० लाखको कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यका साथ लागेको प्रतिष्ठानले बिभिन्न कार्यक्रम सफलताका लागि उपसमितिहरु गठन गरिएको समेत जनाएको छ । कार्तिक ३० गते वालिङको खेलमैदानमा हुने स्रष्टा सम्मान एवम् वृहत सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुति रहने र दर्शकहरुका लागि टीकट नलाग्ने पनि प्रतिष्ठानले उल्लेख गरेको छ ।
कार्यक्रममा प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष गोपाल जि टी, पूर्व अध्यक्ष अर्जुन गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौलेल, होटल व्यवसायी संघका अध्यक्ष शिव पराजुली, प्रतिष्ठानका सल्लाहकार सदस्य नरेश के सी, टेकनारायण चापागाईं लगायतले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष ऋषिराम डुम्रेको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव राजेश भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…