स्याङ्जाली सर्जक रमेश बिजी लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा उमेदवारी दर्ता गराउँदै
यहि मंसिर ६ देखि ८ गतेसम्म हुन गइरहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनमा बुटवलका चर्चित गीतहरुका सर्जक रमेश बिजीले अध्यक्ष पदका लागि उमेदवारी दिनुहुने भएको छ ।
तीन दिनसम्म पोखरामा हुन गइरहेको महाधिबेशनमा वर्तमान प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रहेका सर्जक बिजीले आफू अध्यक्षमा विजयी हुने निश्चित जस्तै भएको दाबी गर्नु भएको छ ।
उहाँले भन्नुभयो ‘म प्रतिष्ठानको संस्थापक सहसचिव हुँ । म लगाएतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ । यसपाली स्वतः मेरो पालो भएकाले मैले अध्यक्ष पदको उमेदवारी दिदै छु ।’
उहाँले थप्नुभयो ‘स्थापना कालदेखि प्रतिष्ठानमा रहेर संस्थामा करोडौंको कोष स्थापना र भवन निर्माण गर्न हालसम्मका अध्यक्षहरुलाई सहयोग गरेको छु । यसर्थ पनि मलाई देशैभरका कलाकारहरुले साथ दिनुहुन्छ ।’
२०५५ सालतिर बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्खजाको पुतली बजार नगरपालिका–१४ लामागे हो । बुटवलमा एक समयका पूराना कलाकारहरुको चेला रहनु भएका उहाँ अहिले त्यसै बुटवलमा हुने महोत्सवहरु र अन्य गायन प्रतियोगितामा सहभागी प्रतियोगीका गुरु बनेर निर्णायक समेत बन्दै आउनु भएको छ ।
झण्डै २० बर्षदेखि निरन्तर लोक दोहरी क्षेत्रमै आफू समर्पित रहेको उहाँ भनाई छ । उहाँ सहित अर्का बरिष्ठ गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उमेदवारी दिने चर्चा छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


