स्याङ्जाली सर्जक रमेश बिजी लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा निर्बाचित (मत परिणम सहित) ।

आँधीखोला खबर/स्याङ्जा :
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्दीय अध्यक्षमा स्याङ्जाली सर्जक रमेश बिजी निर्बाचित हुनु भएको छ । प्रतिस्पर्धी बिष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजयी हुनु भएको हो ।
बिजीले ५ सय ८४ मत ल्याउनु भयो भने बिष्णु खत्रीले ५ सय ४५ मत ल्याउनु भएको छ ।
नेपालको सातौ केन्द्रीय महाधिवेशन अन्तर्गत आइतबार राति मतगणना सकिएको हो । पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि शुरु महाधिवेशनअन्तर्गत ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।


प्रतिष्ठानमा नेतृत्वबाहेक पदाधिकारीमा अधिकांश पदहरु भने यसअघि नै निर्विरोध भएका थिए । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा रीता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँण, तृतीय उपाध्यक्ष दीपक खड्का क्षेत्री, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास केसी, उपमहासचिवमा शिव हमाल र शंकर बिसी निर्विरोध भएका हुन् ।
यस्तै कोषाध्यक्ष पदमा राजु ढकाल निर्बाचित हुनु भएको छ । त्यस्त सहकोषाध्यक्ष खुलातर्फ ईश्वरीप्रसाद भुषाल ‘मादले दाइ’ बिजयी हुनु भएको छ भने सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध भईसक्नु भएको छ ।


१० सचिवमध्ये सांगठानिकतर्फ खुमन अधिकारी र महिलातर्फ जमुना राना निर्विरोध हुँदा प्रशासनिक तर्फ कृष्ण रेउलेले पुरुषोत्तम थापालाई पराजित गर्नु भएको हो ।
हेर्नुहोस् अन्तिम मत परिणाम :

Facebook Comments Box
TOP