‘लिपुलेक हाम्रो हो’ भन्दै नेविसंघले गर्यो स्याङ्जामा प्रदर्शन
भवानी अधिकारी/ स्याङ्जा :
नेपाली भूमि आफ्नो सीमाभित्र पारेर नयाँ नक्सा जारी गरेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघले अतिक्रमित भूभाग सच्चाउन माग गर्दै शुक्रबार बिहान विरोध प्रदर्शन गरेको छ।
सदरमुकामस्थित त्रिभुवन बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शनमा ‘भारतीय विस्तारबाद मुर्दावाद, ‘गो ब्याक इण्डिया’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर लगायतका नारा लगाउँदै विद्यार्थीले नगर परिक्रमा गरेका थिए ।’लिपुलेक हाम्रो हो, गो ब्याक इन्डिया लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीले नारा लगाए।
परिक्रमापछि कोणसभामा बोल्दै नेविसंघका जिल्ला अध्यक्ष अजित क्षेत्री, त्रिभुवन आर्दश बहुमुखी क्याम्पका स्ववियु सभापति सुनिलबाबु चापागाई, त्रिभुवन बहुमुखी इकाई उपसभापति सविन रेग्मीलगायतले सरकारले तत्कालै कुटनीतिक पहलमार्फत भारतीय नक्सा सच्चाउनु पर्नेमा जोड दिए।
भारतीय विस्तारवाद र हेपाहा प्रवृद्धिको विरोध गर्दै नेपाली माटोको संरक्षणका लागि सबैले आ-आफ्ना क्षेत्रबाट सहयोग गर्न समेत उनीहरुले आग्रह गरे । भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेको छ । केही दिनअघि भारतले ३ सय ७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भू-भागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र राखेपछि स्याङ्जामा पनि चर्को विरोध भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


