लायन्स र लिओले वालिङमा मंगलबार रक्तदान कार्यक्रम गर्दै ।
आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटि र लिओ क्लव अफ वालिङ सिटिको संयुक्त आयोजनामा भोलि वालिङमा रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले मंगलबार हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि अमुल्य सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो,“ रक्तदान जीवन दान भन्ने यो महाअभियानमा पायक पर्ने सबैलाई आमन्त्रण गर्दछु । ” वालिङ बजारको मुख्य चोकमा बिहान साढे आठ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जानकारी दिएको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


