लायन्स र लिओले वालिङमा मंगलबार रक्तदान कार्यक्रम गर्दै ।

आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटि र लिओ क्लव अफ वालिङ सिटिको संयुक्त आयोजनामा भोलि वालिङमा रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले मंगलबार हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि अमुल्य सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो,“ रक्तदान जीवन दान भन्ने यो महाअभियानमा पायक पर्ने सबैलाई आमन्त्रण गर्दछु । ” वालिङ बजारको मुख्य चोकमा बिहान साढे आठ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box
TOP