लायन्स र लिओको सामाजिक कार्य, रक्तदान कार्यक्रम सम्पन्न ।
राधाकृष्ण डुम्रे/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटि र लिओ क्लव अफ वालिङ सिटिको संयुक्त आयोजनामा वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजना भएको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका क्लवका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा ४४ जना पुरुष र १० जना महिलाले रक्तदान गरेका हुन् ।

लायन्स क्लव वालिङ सिटिका चाईल्ड एभ्युज अवार्नेस कार्यक्रमका प्रमुख चेतनारायण श्रेष्ठको जन्मदिनका अवसरमा रक्तदान बिशेष कार्यक्रम गरिएकोे क्लवले जनाएको छ ।
क्लवको सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको लिओ क्लव अफ वालिङ सिटिका अध्यक्ष बिदुषा बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले शुभारम्भ गर्नु भएको हो ।
रक्तदान जस्तो महान कार्यमा सहभागी भई अमुल्य सहयोग गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा चाईल्ड एभ्युज अवार्नेस कार्यक्रमका प्रमुख चेतनारायण श्रेष्ठ, लायन्स क्लवका तृतीय उपाध्यक्ष विजय कोईराला, सचिव दीपक लम्साल, लगायतले बोलेका थिए । कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, समाजसेवी,पत्रकार, बिभिन्न कार्यालका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


