लागुऔषध ओसारपसार गर्ने दुई जना स्याङ्जामा पक्राउ ।

आँधीखोलाख खबर /स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध ओसार पसार गर्ने दुई जनाई पक्राउ गरेको जनाएको छ । बिशेष सुराकीको आधारमा प्रहरी अधिकृत सहितको टोलीले ट्राफिक चोक स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाच गर्ने क्रममा लागुऔषध सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २६ बस्ने बर्ष २२ को अष्टमान लामा र पर्वत जिल्ला कुश्मा घर भई हाल पुतलीबजार नगरपालिका १ बस्ने बर्ष ३० की मिना थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिए । उनीहरुको साथबाट डाईजेपाम ४८ एम्फुल, फेरागन ४८ एम्फुल र नोफिन ४८ एम्फुल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका लामा र थापालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर अनुसन्धान पक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । खुला नाका सगै सिद्धार्थ राजमार्गको प्रयोग गरि लागुऔषध ओसारपसारमा यो राजमार्ग ट्रान्जिट बन्दै जान थालेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP