लागुऔषध ओसारपसार गर्ने दुई जना स्याङ्जामा पक्राउ ।
आँधीखोलाख खबर /स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध ओसार पसार गर्ने दुई जनाई पक्राउ गरेको जनाएको छ । बिशेष सुराकीको आधारमा प्रहरी अधिकृत सहितको टोलीले ट्राफिक चोक स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाच गर्ने क्रममा लागुऔषध सहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका २६ बस्ने बर्ष २२ को अष्टमान लामा र पर्वत जिल्ला कुश्मा घर भई हाल पुतलीबजार नगरपालिका १ बस्ने बर्ष ३० की मिना थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिए । उनीहरुको साथबाट डाईजेपाम ४८ एम्फुल, फेरागन ४८ एम्फुल र नोफिन ४८ एम्फुल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका लामा र थापालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर अनुसन्धान पक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । खुला नाका सगै सिद्धार्थ राजमार्गको प्रयोग गरि लागुऔषध ओसारपसारमा यो राजमार्ग ट्रान्जिट बन्दै जान थालेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


