कृषि मेसिनरी तथा यन्त्र उपकरण मर्मत तालिम ।
भवानी अधिकारी / स्याङ्जा :
कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेसिनरी तथा यन्त्र उपकरण मर्मत तालिम सम्पन्न भएको छ ।
दुई दिने तालिमको समापन कार्यक्रममा बोल्दै ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले तालिमका सिपलाई सिकेर आफु र आफना छिमेकी तथा समाजलाई समेत आवश्यकतामा सहयोग गर्न सुझाव दिनुभयो । स साना प्राबिधिक कुरा नजान्दान ठूल्ठूला कठिनाई आइपर्ने बताउदै उहाले यस्ता तालिमका सिपलाई निरन्तरता दिई ब्यवहारमा लागु गर्नुपर्ने उहाको भनाइ छ ।
कार्यक्रममा कृषि अधिकृत महेन्द्र श्रेष्ठ र इश्वरीप्रसाद अर्याल, सहभागी देवेन्द्र पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, तालिम संयोजक कृषि ज्ञान केन्द्रका दिलीप नेपाली, लगायतले तालिमको प्रभावकारिताका बारेमा जोड दिनुभएको थियो । तालिममा २५ जना कृषकहरुको सहभागिता थियो ।
तालिममा कृषि बिज्ञ प्रशिक्षक निलकण्ठ शर्माले प्रशिक्षण दिनुभएको थियो ।
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
७ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


