कर्तव्य ज्यान मुद्धामा जेलसजाय तोकिएका भविश्वर २२ बर्षपछि पक्राउ ।

आँधीखोला खबर/वालिङ :
कर्तव्य ज्यान मुद्धामा अदालतद्धारा जेलसजाय तोकिएका एक व्यक्तिलाई २२ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । साविक खिलुङ्देउराली ९ हाल भीरकोट नगरपालिका ७ बस्ने ४८ बर्षीय भविश्वर कोईरालालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कोईरालालाई बिक्रम सम्वत २०५४ सालमा कर्तव्य मुद्धामा ९ महिना २ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो । कोईरालालाई लुकीछिपी बसेको अवस्थामा भीरकोटबाट नियन्त्रणमा लिईएको भण्डारीले बताउनु भयो ।
काईरालालाई स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजायँ भुक्तानको लागि अदालतको आदेश अनुसार जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…