कर्तव्य ज्यान मुद्धामा जेलसजाय तोकिएका भविश्वर २२ बर्षपछि पक्राउ ।
आँधीखोला खबर/वालिङ :
कर्तव्य ज्यान मुद्धामा अदालतद्धारा जेलसजाय तोकिएका एक व्यक्तिलाई २२ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । साविक खिलुङ्देउराली ९ हाल भीरकोट नगरपालिका ७ बस्ने ४८ बर्षीय भविश्वर कोईरालालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कोईरालालाई बिक्रम सम्वत २०५४ सालमा कर्तव्य मुद्धामा ९ महिना २ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो । कोईरालालाई लुकीछिपी बसेको अवस्थामा भीरकोटबाट नियन्त्रणमा लिईएको भण्डारीले बताउनु भयो ।
काईरालालाई स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजायँ भुक्तानको लागि अदालतको आदेश अनुसार जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


