कालीगण्डकी डाइभर्सन रोक्न केलादीघाटमा महाआरती महोत्सव ।

आँधीखोला खबर :
कालीगण्डकी संरक्षण, डाइभर्सन रोक्न र शालिग्राम जोगाउन केलादीघाटमा महाआरती महोत्सव गरिको छ । राधा दामोदर मन्दिर नेपाल निम्वार्क पिठ केलादीघाट धामको आयोजनामा नदी संरक्षण तथा नदीका तटमा रहेका शालिग्राम संरक्षण गर्न, केलादीघाट धामको महत्व समेत उजागर गर्ने उद्देश्य हरिबोधनी एकादशीको अवसर पारेर महोत्सव आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य मोहन पाण्डेले कालीगण्डकीको सभ्यता, महोत्सव, संस्कृति वातावरण पर्यावरणलाई जोगाउन यस क्षेत्रका राजनीतिक दल, स्थानीयवासी, सरोकारवाला सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।


विश्वसामु नै शालिग्राम पाइने नदीका नामले प्रख्यात बनेको कालीगण्डकीलाई डाइभर्सन गर्न नहुने, नदी डाइभर्सन भएको खण्डमा शालिग्रामको अस्तित्व नै संकटमा पर्ने भएकाले कालीगण्डकी उपत्यकामा बिभिन्न कार्यक्रम गरेर नदी बचाउन दबाबमुलक कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

Facebook Comments Box
TOP