स्याङ्जा जिल्ला कारागारमा पानी र शौचालयको अभाव ।

भवानी अधिकारी/स्याङ्जा : स्याङजा कारागारमा पानी र शौचालयको अभाव देखिएको छ । कैदीवन्दीले पानीको अभावमा नुहाई, धुवाई गर्न नपाएको र समयमा शौच गर्न समेत वाधा पुगेको बताएका छन् ।

झण्डै ४० बर्षअघि निर्मित कारागारको क्षमताभन्दा तेब्बर कैदीवन्दी राखिएको छ । क्षमता भन्दा बढी केैदीबन्दी राखिएका कारण पानी र शौचालयको अभाव भएको हो । विभिन्न अभियोगमा आरोपित कैदीबन्दीहरु पानी र शौचालयको अभावमा स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको उनीहरुको गुनासो छ ।

जीर्ण अवस्थाको कारागार क्षमताभन्दा तेब्बर कैदस्ीबन्दी राखेपछि उनीहरुलाई बस्न, सुत्न ठाउँको अभाव पनि उत्तीकै छ । ५० जना कैदीबन्दी क्षमताको भवन पुराना र जीर्ण बनेको छ । केहीबर्ष पहिलेको ३५ जना बन्दी क्षमतालाई बढाएर ५० जना पु¥याएको कारागारमा अहिले १ सय ५२ जना कैदीबन्दी छन् ।

३५ पुरुष र १५ महिला क्षमता रहेको कारागारमा हाल ९ महिला सहित १ सय ४३ जना पुरुषगरी एक सय ५२ जना केैदीबन्दी राखिएका हुन । बिभिन्न अभियोगका आधारमा ९० पुरुष, ६ महिला गरी ९६ कैदी र ५३ पुरुष, ३ महिला गरी ५६ थुनुवा राखिएको कारागार प्रमुख चुडामणी भण्डारीले जानकारी दिनुभयो ।

एक सय ४३ पुरुषका लागि ४ वटा मात्र सामान्य खालका शौचालय छन् । ‘बिहान उठेपछि दिसापिसाव लाग्छ । पेट सफाहुनेगरी दिसापिसाव गर्न पनि पाईदैन ।’ बन्दीहरुले एकैसाथ गुनासो सुनाए ‘यसतर्फ अब राज्यको ध्यान पुगोस् ।’ महिलाका लागि भने त्यस्तो समस्या छैंन । १५ जना क्षमता रहेको महिला कक्षमा हाल ९ जना मात्र कैदीबन्दी रहेका छन् ।

कारागारमा २ वटा समिति मार्फत खानेपानीको जोहो गरिएको छ । नियमित पानी नआउदा समस्या देखिएको हो । बिहान र वेलुका आउने २÷४ घण्टे पानीले कारागारलाई पुग्दैन । बिभिन्न संघ संस्थाबाट उपलब्ध गराइएका खानेपानीका टंकी समेत छतमा खाली खाली छन् । कैदीवन्दीले पानीको अभावमा नुवाई, धुवाई गर्न नपाएको जेलर भण्डारीको भनाई छ ।

कारागार स्थापनापछि पुननिर्माण हुन सकेको छैन । तत्कालिन सदरमुकाम नुवाकोटबाट विस २०३७ सालमा स्याङ्जा सदरमुकाममा झारिएको कारागार पछिल्ला केही बर्ष मर्मत र टालटुर्ले ब्यवस्थापन गरिदै आएको छ । २०७२ सालको विनासकारी भूकम्पले समेत कारागारका भित्ताहरु चर्केका छन । बर्षातको पानी कोठाभरी चुहिन्छ । ‘कोठाभित्र भिजेर रात र दिन कटाउनुपर्छ’ बन्दी धीरज मल्लले भन्नुभयो, ‘मुलुकले ठूल्ठूला परिवर्तन भोगिसक्दा पनि बन्दीलाई हेर्ने राज्यको नजरमा परिवर्तन हुन नसक्नु दुखदायी हो । ’

नागरिक स्वतन्त्रताका लागि आन्दोलनमा होमिएका बखत तत्कालिन शासकले पक्राउ गरी यही कारागारमा राखिएका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्व मन्त्रीहरु चिरन्जीवी वाग्ले र दिनबन्धु अर्याल लगायतका थुप्रेै शिर्ष नेताहरुलाई आश्रय दिएको कारागार शाखा अहिले जीर्ण बनेको छ । उनीहरुका जीवनी शैलीमा ठूल्ठूला परिवर्तन आए ।

देश विदेश शयर गरेर मानवअधिकारका ठूल्ठूला भाषणमा रमाए । तर पनि आफैं बसेको घर विर्सिए । नुवाकोटमा रहेको सदरमुकाम स्याङजा झर्दाका बखत जे जस्तो थियो हालसम्म त्यस्तै अवस्थामा रह्यो । मुलुकका ठूल्ठूला नेतालाई आश्रय दिएको कारागार शाखा अहिले पनि उस्तै रहेको छ । दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धेरै राजनेतालाई संरक्षण दिएको कारागार शाखाको नयां भवन त अझै बन्न सकेन । तर, जिर्णोद्धारा र पुननिर्माण गर्दै कैदी बन्दी ब्यवस्थापन गरिदै आएको छ ।

कारागारमा परिसरका कार्यालय सहित महिला, पुरुष र सुरक्षाकर्मीका लागि गरी छुट्टाछुट्टै कक्ष निर्माण गरिएका छन् । पुरुषका लागि ३ वटा कक्ष छन भने महिलाहरु एउटै कक्षमा रहेका छन् । कारागारमा दाँयातर्फ महिला बन्दी र बायाँतर्पm पुरुष बन्दीका लागि बस्ने कोठा छन् । बिगतमा बनेका कारागारभित्रका वरण्डा, भान्छा र पिढीका भागलाई समेटेर ५० जना क्षमताको कारागार बनाइएको हो ।

Facebook Comments Box
TOP