राष्ट्रिय लोकभजन टुक्का प्रतियोगिता सहित पहिलो कालिगण्डकी महोत्सव सम्पन्न ।
आँधीखोला खबर :
प्रथम कालिगण्डकी महोत्सव २०७६ सम्पन्न भएको छ । कालिगण्डकीको डाईभर्सनको बिरोध तथा धर्म संस्कृति र संस्कारको संरक्षण गर्न भन्दै पाल्पाको रम्भा गाउँपालिकाको आयोजना तथा कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठान र उत्तर बाहिनी क्षेत्र महालिङ्ग धामको सहयोगमा महोत्सवको आयोजना गरिएको हो ।
कालीगण्डकी संरक्षण, शालिग्रामको महत्व जोगाउन र लोक संस्कृतीको संरक्षण गर्नका लागि महोत्सव आयोजना गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय लोकभजन टुक्का प्रतियोगितामा स्याङ्गजा गल्याङ नगरपालिका वडा नम्वर १ को मालुङ्गा समुह प्रथम भएको छ । त्यस्तै राष्ट्रिय लोक भजन टुक्का समिति स्याङ्गजा द्धितिय भएको छ भने शिवपार्वती भजनमण्डली वालिङ्ग १३ पाठखोला तृतिय भएको छ त्यस्तै कृष्णगण्डकी भजन समुह रम्भा १ हुँगी सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमश : पुरस्कार नगद २० हजार, १६ हजार, १२ हजार र ६ हजार सहित साथमा प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तैगरी भजन समुहमा उत्कृष्ट नृत्य अमलावारी भजनकृतन समुह रम्भा गाँउपालिका १ हुँगीका प्रिती नेपाली लाई ? तीन हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।
महोत्सवको उद्घाटन गर्दै प्रदेश नं ५ सांसद नारायणप्रसाद आचार्यले धर्म संस्कृतीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पूर्व सभासद शकंरप्रसाद पाण्डेय, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण लगायतले कालीगण्डकी संरक्षण र महत्वका सन्र्दभमा आफ्ना भनाई राख्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न महोत्सवमा स्वागत वडा नं ३ का अध्यक्ष थमनबहादुर गाहा र संचालन वडा नं १ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो ।
राष्ट्रिय लोकभजन टुक्का प्रतियोगितामा ११ समुहले भाग लिएका थिए । महोत्सवमा राष्ट्रिय कलाकारह? प्रजापति पराजुली, इन्द्र जिसी, बसन्ती मश्राङ्गी लगायतले रमाइलो साँस्कृतिक कार्यक्रम देखाउनुभएको थियो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…