वालिङ जेसीज र बोलबम समितीद्धारा मानब तथा अमोर सेवा आश्रममा खाद्यान्न सहयोग ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको वालिङ जेसीज र बोलबम समिती वालिङद्धारा अमोर सेवा आश्रम फेदीखोला र पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरिएको छ ।
अमोर सेवा आश्रममा सामाग्री हस्तान्तरण गर्दै बोलबम समितीका अध्यक्ष दिपेन्द्र तिवारीले समाजमा दुख पीडामा रहेका समुदायलाई सहयोग गर्दै धर्म सस्कृतिको जगेर्ना गर्न आफूहरु लागि रहेको जानकारी दिनुभयो । अध्यक्ष तिवारीले बोलबम समितिको स्थापना काल देखि नै मानबीय तथा सामाजिक कार्य गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले बालवालिकालाई संरक्षण गरी अमोर सेवा आश्रमले गरेको उत्कृष्ठ कार्यको प्रशंसा गर्दै अमोर सेवा संग हातमा हात मिलाउन बोलबम समितीले खाद्यन्न लिएर आएको जानकारी दिनुभयो । कार्यक्रममा वालिङ नगर पालिकाका प्रबक्ता केदार काफ्ले र बोलबम समितिका युबराज गौतमले पनि भनाई राख्नु भएको थियो । आश्रमकी सन्चालक कमला पराजुलीलाई खाद्यन्न हस्तान्तरण गरिएको हो ।

अमोर सेवा आश्रममा बोलबम समितिको आयोजना र वालिङ जेसिजको सहयोगमा खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमको सञ्चालन बोलबम समितिका सचिब एबं वालिङ जेसिजका अध्यक्ष राजु तिवारीले गर्नु भएको थियो ।


त्यस्तै वालिङ जेसीजका अध्यक्ष राजु तिवारीले पोखरा स्थित मानव सेवा आश्रममा जेसिजद्धारा संकलित खाद्यन्न हस्तान्तरण गर्दै मानवताको सेवा जीवनकै सबैभन्दा ठूलो धर्म रहेको बताउनु भएको छ । उहाँले मानव सेवा आश्रमले मानवताको सेवामा पुर्याएको योगदानको उच्च प्रसंशा समेत गर्नु भयो । जेसीजले मानव सेवा आश्रम संगको सहकार्यमा वालिङ नगरपालिकाका सडकमा रहेका मानवहरुलाई आश्रमसम्म पुर्याउन सहयोग गर्दे आइरहेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
आश्रममा जेसिजको आयोजना तथा बोलबम समिति वालिङको सहयोगमा सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमको सञ्चालन वालिङ जेसिजका बिश्वास लम्सालले गर्नु भएको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम पोखराका राजन सापकोटाले सबैको सहयोग र सदासयताबाट नै आश्रम सञ्चालन हुदै आएको जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP