राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक ।

भवानी अधिकारी/स्याङजा :
तथ्यांक कार्यालय स्याङजाले राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा आइतवार सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा तथ्यांक अधिकृत शारदा शर्माले आर्थिक गणनाका उदेश्य सहित नेपाल, प्रदेश र जिल्ला स्तरीय आर्थिक तथ्यांक प्रस्तुतीकरण गर्नुृभएको थियो ।
तथ्यांक अनुसार स्याङजामा ७ हजार ४ सय १० प्रतिष्ठान रहेका छन । ती मध्ये ४ हजार २ सय ५३ प्रतिष्ठानहरु द्यर्ता भएका छन भने ३ हजार १ सय ५७ वटा प्रतिष्ठान दर्ता नभई संचालनमा रहेको उल्लेख छ । ती प्रतिष्ठानमा २० हजार ९ सय ४६ जना कार्यरत छन । ती मध्ये ११ हजार १९ पुरुष र ९ हजार ९ सय २७ महिला कार्यरत छन ।
यसैगरी, पुरुष ब्यवस्थापकले संचालन गरेको ४ हजार ६ सय ८६ वटा प्रतिस्ठान र महिला ब्यवस्थापकले संचालन गरेका २ हजार ७ सय २४ प्रतिष्ठान रहेको बताइएको छ । जिल्लामै सबैभन्दा बढी वालिङ नगरपालिकामा १ हजार ४ सय ३७ र सबैभन्दा कम फेदिखोला गाउपालिकामा २ सय ३८ प्रतिष्ठान स्थापना भएका छन । प्रति प्रतिष्ठान संलग्न औसत जनशक्ति संख्या २ दशमलब ८ रहेको आर्थिक गणकहरुद्धारा सूचिकृत तथ्यांकमा छ ।
बैशाख १ देखि जेठ मसान्तसम्म ४२ जना गणकद्धारा जिल्लाका ११ वटै स्थानीय तहमा पुगेर तथ्यांक संकलन गरिएको कार्यालयले जनाएको छ । अनलाईन र कागजीरुपमा भर्न सकिनेगरी २ प्रकारका लगत बनाइएको थियो । बिभिन्न १८ वटा बिषयगत सूचीहरु समावेश गरिएको थियो ।
सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगालेले नीति नियम, प्रशासनिक कार्य, ब्यवासायिक तथा अध्ययन क्षेत्रको महत्वपूर्ण आधारका रुपमा रहेको आर्थिक तथ्यांकले जिल्लाको समग्र विकास र समृद्धीलाई सहयोग पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तथ्यांक अधिकृत राजेन्द्र पराजुलीले स्वागत एवं तथ्यांक निरीक्षक सुरेन्द्र पौडेलले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP