जगतभञ्ज्याङ सामुदायिक विद्युत उपभोक्ता समूहको अधिबेशन सम्पन्न ।

आँधीखोला खबर/वालिङ :

जगतभञ्ज्याङ सामुदायिक विद्युत उपभोक्ता समूहको चौथो अधिबेशन तथा आठौं साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले फराकिलो सोंच नै विकास भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सोच्ने तरिकामा परिवर्तन गर्न सकेमात्रै विकासले फड्को मार्न सकिन्छ ।”
“विकास भनेको बाटोघाटो अथवा भौतिक संरचनाहरुमात्रै होईनन्” नगर प्रमुख खाँणले भन्नुभयो, “फराकिलो सोंच, चेतनाको स्तर बढाउनु पनि विकास हो ।”
विकास निर्माणमा नगरपालिकाले राजनीतिक दुराग्रह राखेर अहिलेसम्म काम नगरेको नगर प्रमुख खाँणले बताउनुभयो ।
“विकास निर्माणका विषयमा सबै राजनीतिक दलको अपनत्व हुने गरी अगाडि बढ्नुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “एउटा दलले अर्को दललाई देखि नसहने प्रवृत्तिको अन्त्य भई सम्मान गर्न सक्नुपर्छ ।”
नगरबासीले पाँच वर्षका लागि काम गर्ने अवसर दिएर बिजयी बनाएर पठाउनुभएकाले नगरबासीकै ईच्छा र चाहना अनुसार अगाडि बढ्ने नगर प्रमुख खाँणको भनाई थियो ।
जगतभञ्ज्याङ सामुदायिक विद्युत उपभोक्ता समूहले तत्कालिन समयमा विद्युतीकरणका लागि खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष ढाकाराम पंगेनीले सामुदायिक संस्थाको विकासका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगर कार्यपालिका सदस्य जमुना खड्का, प्रशासन अधिकृत खुमकान्त अर्याल, नेकपा वडा नं. ५ का अध्यक्ष डालबहादुर क्षेत्री, नेपाली काँग्रेस पूर्व वडा सभापति भुवनेश्वर लामिछाने, पित्लेक कालिका कृषि सहकारी संस्थाका अध्यक्ष शोभाकान्त पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वडा सदस्य महेश गुरुङको स्वागतसँगै शुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष नरप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव नरबहादुर पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP