इस्लाम धर्मका प्रवतक पैगम्बरको जन्मजयन्तीको पूर्व सन्ध्यामा स्याङ्जामा र्‍याली

भवानी अधिकारी/स्याङजा :
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्तीको पूर्व सन्ध्यामा शुक्रवार स्याङजामा र्‍याली गरिएको छ । स्याङजा मुस्लिम समाजको आयोजनामा मोटरसाइकल एवं सवारी साधन गुडाएर ¥याली गरिएको हो ।
पुतलीबजार नगरपालिका ३ बाडखोलादेखि सुरु भएको र्‍याली वडा नं. १० राङखोला बजारसम्म पुगेर पुनः स्याङजा सदरमुकाममा आएर सकिएकोे थियो । पैगम्बरको स्मरण गर्दै मुस्लिम युवाहरुले र्‍यालीमा इस्लामिक झण्डा फहराउदै हिडेको समाजका अध्यक्ष शेरअलीले बताउनुभयो ।
मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्मजयन्तीका दिन आइतवार २४ गते परेको छ । सो दिन नेपाल सहित बिश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १९९४ औं जन्म जयन्ती मनाउने छन् ।


अरबिक महिनाको तेस्रो महिना रब्बिउल औवल को १२ तारिखका दिन बिहान सूर्य उदाउनु भन्दा केहि पहिला बुवा अब्दुल्लह र आमा आमिनाको कोखबाट साउदिको मक्का शरहमा जन्मनु भएका पैगम्बर हज्रत मुहम्मद ५३ बर्षको उमेर सम्म जन्मस्थल मक्का मै बस्नुभयो र त्यस पछि मक्का छोडेर मदिना (साउदी कै एक अर्को शहर) हिज्रत (प्रस्थान) गर्नु भएको थियो र मदिनामा १० बर्ष बस्नु भयो र ६३ बर्षको उमेरमा (जन्म भएकै दिन) मदिना शहर मा उहाको ओफात (निधन) भएको थियो । जहा अहिले मज्हर सरिफ छ ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाका उपदेश र वाणीको स्मरण गरिने समाजका सचिव शाह मोहम्मदले जानकारी दिनुभयो । उहाका अनुसार पैगम्बर महम्मदको स्मरणमा ३ दिने बिबिध सामाजिक काम गरेर मनाईने भएको छ ।

Facebook Comments Box
TOP