आइपिएल २०२० : सन्दीप दिल्लीमै कायम
आइपिएलको सिजन २०२० का लागि दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टीमका लेगस्पिनर सन्दीप लामिछानेलाई ‘रिटेन’ गरेको छ ।
दिल्लीले आफ्नो ट्वीटरमा समेत खेलाडीहरुको तस्बिर सहित नाम सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेटर सन्दीप पनि समेटिएका छन् ।
सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीप २०२० को आइपिएलमा अटाउलान् कि नअटाउलान् भन्ने अड्कलवाजीका बीच दिल्लीले टीममै राख्ने निर्णय गरेको हो । सन्दीपसँगै अमित मिश्रा, कागिसो राबाडा, इशान्त शर्मा र आवेश खान पनि कायम भएका छन् ।
विकेटकिपर रिशव पन्त सहित ब्याट्सम्यान शिखर धवन, पृथ्वी शा र श्रेयर इयरलाई पनि दिल्लीले कायम राखेको छ । नेपाली क्रिकेटर सन्दीप २०१७ देखि नै दिल्लीसँग आवद्ध भएका हुन् ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


