हरिनास हत्याकाण्ड : हत्या आरोपी ५ जना पुर्पक्षको लागि जेलचलान, २ जना सुधारगृहमा, ५ जना साधारण तारेखमा छुटे ।

आँधीखेला खबर /स्याङ्जा :
हरिनास गाँउपालिका वडा नम्वर ५ आग्रीडाडाका महेन्द्र आलेको हत्या आरोपमा पक्राउ परेका १३ जना मध्ये ५ जना पुर्पक्षको लागि जेलचलान भएकाछन् भने २ जनालाई सुधारगृहको थुनामा पठाएको छ । १ जनालाई अबिभावको जिम्मा लगाईएको छ त्यस्तै ५ जना साधारण तारेखमा छुटेकाछन् ।
गत असोज २२ गते साँझ वडा नम्वर ५ कै बलिकोटमा सामान्य बिबाद कुटपिटमा परिणत हुँदा आग्रीडाँडाका २९ बर्षीय आलेको ज्यान गएको थियो । मोटरसाईकल र जीप एक आसपमा ठक्कर खाएको बिषयमा बिबाद उत्पन्न भएको थियो ।
हत्या आरोपमा स्याङ्जा जिल्ला अदालतले हरिनास ६ का नरेश मानन्धर, मातृका मानन्धर, विमल मानन्धर, नविन मानन्धर, र वडा नम्वर ५ का नम नारायण मानन्धरलाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको हो । त्यस्तै दुई जनालाई कम उमेर भएको भन्दै पुर्पक्षको लागि वाल सुधार गृह पोखरा कास्की थुनामा पडाईएको छ त्यस्तै १ जनालाई अबिभावकको जिम्मा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नबिनकृष्ण भण्डारीले जनाकारी दिनुभयो । उहाँले हत्या आरोपमा पक्राउ परेका ५ जनालाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको जानकारी दिनुभयो ।
जिल्ला अदालतले हरिनास ५ का रोशन मानन्धर, चुत्री मानन्धर, डिल नारायण मानन्धर, मिन बहादुर राना र र प्रकाश मानन्धरलाई साधरण तारेखमा छोड्ने आदेश दिएको हो ।

Facebook Comments Box
TOP