गुल्मीको सत्यवतीका बिक स्याङ्जाको कालिगण्डकीको कुवामा मृत फेला ।

आँधीखोला खबर/ स्याङ्जा :
गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका अन्दाजी ५० वर्षीय सोमबहादुर बिक मृत अवस्थामा फेला परेकाछन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरा स्थित गौडाकुवामा बिकको शव फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो । बुधबार बिहान स्थानीयले देखेपछि बिर्घा प्रहरी चौकीमा खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक घिमिरेको नेतृत्वमा गएको टोलीले शव कुवाबाट निकाले हो । शवलाई पोष्टमार्टमका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । बिक झण्डै १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बस्दै आउनु भएके थियो । ज्याला मजदुरीको काम गर्ने बिकको मृत्युबारे अनुसन्धान भईहरको प्रहरी निरीक्षक घिमिरेले बताउनु भयो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…